
कहाँ सजिलो छ र ?
आफै बलेर अरुलाई उज्यालो दिन
कहाँ सहज छ र ?
आफै जलेर अरुलाई सुगन्ध दिन
यहि सहज नभएर होला
म मन्दिरमा जलेको
अन्धकारमा ज्योती छर्न
घरघरमा बलेको
यस्तै छ मेरो जीवन
आवश्यक्ता पर्दा बालिदिन्छन्
यस्तै छ मेरो जीवन
नचाहिदा निभाइदिन्छन्
संसारलाइ उज्यालो पार्न
आफुलाई नै पगाली दिन्छु
तिम्रो भगवानलाइृ सुगन्ध दिन
आफुलाई नै जलाइृ दिन्छु
यसरी नै चलिरहन्छ मेरो जीवन
अझै थाहा छैन
कतिको जीवनमा उज्यालो पार्न म कति बल्नु पर्छ
कतिको जीवनमा सुगन्ध छर्न म कति जल्नु पर्छ
सविता बस्नेत दानी
तीनथाना, चन्द्रागिरि १५, काठमाडौ
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु