
बीबीसी । भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहाको निकालिएको हो।
उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।
ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाउन सक्ने ठानिएको छ।
उनीहरूको बिहे सन् १९६२ को मार्च २२ तारिखमा भएको थियो। सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए।
केही दिनअघि उनीहरूकै क्षेत्रमा एक ५५ वर्षीया महिलाले बच्चा जन्माएकी थिइन्।
उमेर निकै भइसकेकोले चिकित्सकीय सहयोगबिना उनले बच्चा पाउन सम्भव थिएन।
गर्भाधारणका लागि मङ्गायम्माले एक दाताबाट डिम्ब लिइन् र प्रयोगशालामा आईभीएफ विधिमार्फत् उनका श्रीमान् सीतारामको शुक्राणुबाट सेचन गराइयो।
त्यसपछि बनेको भ्रूणलाई मङ्गायम्माको गर्भमा प्रतिस्थापित गरियो। अन्ततः उनी वृद्धावस्थामा आमा गर्भवती भइन्।
धेरै उमेर भइसकेका महिलामा गर्भधारणको प्रक्रिया जटिल हुन्छ र त्यस्ता गर्भवती महिलाले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु