
नारीकोसिस डटकम/कात्तिक १९, काठमाडौं । साडे एक दशदेखि व्युटिसियन क्षेत्रमा क्रियासिल व्युटिसियन रन्जिता सिंहले करिव ८०/९० हजार मासिक कमाउने गर्नुहुन्छ ।
काठमाडौंको राजधानी अन्तराष्ट्रिय विमानस्थलको अगाडि थोरै भित्रपटि आफ्नै लगानीमा खोलिएको व्यूटिपार्लरबाट सिजनको वेला सो कमाई हुने गरेको उहाँ बताउनुहुन्छ ।
२०६१ सालमा जनकपुरबाट सुरु गरिएको सो व्यवसायमा हाल उहाँकी छोरीले पनि खाली समयमा साथ दिईराख्नुभएको छ । जसले गर्दा एकैचोटिमा डबल काम गर्न सघाउ पुगेको उहाँ बताउनुहुन्छ ।
महिलाहरुले सजिलै गर्न सकिने र घरायसी काम गर्न मिल्ने भएकाले यो पेश रोजेको उहाँको भनाई छ ।
मेहनत र समय दिन सकेमा महिलाहरु यस पेशा तथा व्यवसाय गरेर सहजै आत्मानिर्भर हुन सकिने उहाँको दावी छ ।
उहाँको छोरी स्वीकृति श्रेष्ठ पेशाले नर्स हो । तर फुर्सदको समयमा आफ्नी आमाको व्यवसायमा सघाउने गर्नुहुन्छ । एस.एल.सी. दिए लगतै आमासँगै काम सिक्दै आमालाई सघाउदै काम सिक्नुभएकी छोरीले फुर्सदको समयमा पूरा समय आफूलाई सघाउ पु¥याउने गरेको उहाँ बताउनुहुन्छ।
उहाँका अुनसार करिव यो तालिम ६ महिना देखि एक वर्षभित्रमा पूरा गरी काम गर्न सकिन्छ । जसको लागि मेहनत र लगनशिलता चाहिन्छ ।
यसरी रन्जिताले सहज सरल तरिकाले घरव्यवाहारलाई व्यवस्थापन गर्दै अगांल्नुभएकी पेशाप्रतिको सफलता आम महिला दिदिवहिनेहरुको लागि आत्मानिर्भर बन्न प्रेरणाको स्रोत बनोस् ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु