
नारीकोसिस डटकम । स्वभावैले महिला र पुरुषविचको स्वभाव फरक हुन्छ नै । तर पनि एक अर्काको आनी–वानी, जीवनशैली र स्वभावप्रति आकार्षित भने भईरहेको हुन्छ । जीवनमा राम्रो स्वभाव वा बानीव्यहोरा विना कुनै पनि सम्बन्ध स्थापित गर्न सक्दैन ।
अझ विषेश गरी कसैललाई आकर्षण गर्नका लागि स्वभाव वा बानी व्योहरा झनै राम्रो हुनुपर्दछ । त्यसैले यदि तपाईको महिला साथी छ वा बनाउने सोचमा हुनुहुन्छ भने उनीहरुलाई कस्ता स्वभाव वा जीवनशैली भएका पुरुष मन पर्छ/पर्दैन त त्यसवारे ख्याल ग¥यौ भने पक्कै पनि सम्बन्ध प्रगाड हुनेछ ।
यूनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले गरेको एक अध्ययनले पुरुषको आँखा, कपाल, दाह्री जुँगा र शरीरका साथै पुरुषले लगाएको लुगा तथा फेसन समेत महिलाहरुले ध्यान दिने गरेका छन् । तर, झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई युवतीहरुले मन पराउँदैनन् । केटाको तुलनामा लुगा तथा फेसनमा धेरै ज्ञान राख्ने हुँदा उनीहरूलाई यस्तो कुरामा धेरै चासो रहेको हुन्छ ।
फेसनेबल हुने सोचका साथ जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटाहरू पनि युवतीहरुको नजरमा नराम्रो मानिन्छ । भद्दा वा मोटो शरीर भए पनि युवतीहरूले मन पराउन सक्छन् तर, भुँडी देखिने गरि छोटो सर्ट लगाउँदा केटीहरूलाई त्यस्तो मन नपर्ने हुन्छ । असाध्यै लामो वा एकदमै छोटो टाई लगाउने केटा पनि राम्रो नलाग्ने युवतीहरुले बताएकाछन् ।
केटाहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाती, मस्कुलर तथा बलियो शरीर र बोल्ने तरिकाले महिलाहरूलाई निकै आकर्षित गर्ने हुँदा केटाहरूले यस्ता कुरातर्फ बढी ध्यान दिनुपर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु