
नारीकोसिस डटकम/कात्तिक ३०, नुवाकोट । पूर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बाहदुर तामाङले सातविसे महिला कृषि सहकारी संस्थाको भवन उद्घाटन गर्नुभएको छ ।
शनिवार नुवाकोट जिल्ला तादी गाउँपालिका वडा न ४, सातबिसे बजारमा संस्थाले आयोजना गरिएको एक औपचारिक कार्यक्रमका साथ सो संस्थाको नबनिर्मित भवनको उद्घाटन मन्त्री तामाङले गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री तामाङले भवन निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्ने world renew Nepal र साझेदारी संस्था नारी जागरण समाजलाई बिशेष धन्यवाद सहित संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सोही गाउँपालिकाका गाउँपालिका अध्यक्ष नारायण पाण्डे वडा नं. २ का वडा अध्यक्ष बच्चुराम तामाङ लगायत स्थानीय संघ–संस्थाका प्रधिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए । साथै स्थानीयवासीहरुको वाक्लो उपस्थिति रहेको थियो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु