
नारीकोसिस डटकम/कात्तिक ४, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित “गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६” मेला सोमवार सम्पन्न भएको छ ।
शुक्रवारदेखि ललितपुरको जावलाखेल मैदानमा शुरु भएको १३ औं पुष्प मेलाबाट करिव ५० लाख बरावरको कारोवार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसाजु श्रेष्ठ बताउनुभयो ।
एसोसिएसन का अध्यक्ष श्रेष्ठका अनुसार यस मेलाको मुख्य उदेश्य चाडबाडको बेलामा उपभोक्तालाई एकै ठाँउबाट फूल खरिद गर्न सजिलोहोस र उत्पादकले उचित भाउमा उत्पादित बस्तुको बजार पाउन भन्नु रहेको छ । साथै सो मेलामा आयोजकले ३५ हजार दर्शकले अवलोकन गर्ने र ५० लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको थियो र सो लक्ष्य पुरा भएको उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल राखिएका थिए ।
यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको थियो ।
पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गरेका थिए । आयोजका अनुुुसार मेलाको अवलोकनका लागि सर्वसाधरणदेखि लिएर विद्यार्थी, अनुन्धानकर्ता, किसान, उद्योगी, कुटनीति नियोगका प्रतिनिधिहरु, विभिन्न दलका नेता लगायतका व्यक्तित्वहरु आउनु भएको थियो।
















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु