
तिमीलाई दुलही बनाउन सोर्ह श्रीङ्गार गरेको दिन
म दौरा सुरुवाल ढाका टोपिमा चटक्क परेको दिन।।
पञ्चेबाजा बजाउदै नाच्दै गाँउदै आगनिमा पुग्दा
स्वागत गर्दै जन्ती पर्सिन फुल अक्षता छरेको दिन।।
सुख दु:ख जीवन भर सङ्गै बाच्ने कसम खादै
अग्नि साक्षिराखी तिम्रो खाली सिउँदो भरेको दिन।।
आफ्नो जन्मथलो दाजुभाइ चटक्क छोडेर गाउँघर
नयाँ जीवन सजाउन डोलिबाट तिमि झरेको दिन।।
तिम्रो सुन्दरतामा लठ्ठिदैै नजिकन म खोज्दा सानू
तिमी म देखि अफ्ठ्येरो मान्दै झन पर सरेको दिन।।
बालकृष्ण पौडेल (बाला)हेम्जा २५ पोखरा
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु