
५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ ।
आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको छ ।
समितिले यी ४ मध्येबाट अब कम्तीमा ३ जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
अध्यक्षका लागि छनोट भएका ४ जनामध्येका भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । त्यस्तै छनोट भएका क्षेत्री पनि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केही समय अघिमात्र अवकाश पाएका अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । त्यसैगरी छनोट भएका आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशक हुन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो