मानविय सेवा के हो ?

अमन सुवेदी
सेवाधारी अभियान्ता
नीलसागर सेवा आश्रम, नेपालगंज
यो सुन्दर सृष्टिमा आएपछि सबैजना सुखी, खुशी र स्वतन्त्रपूर्वक जीवन निर्वाह गर्न पाउनु पर्दछ । तर आफ्नै रगतबाट बनाइएका परिवार र परिवारका सदस्यहरुबाट सम्पत्ति लिईसकेपछि, चेतना गुमिसकेपछि र शारिरिक असक्षमता एंव मनोसामाजिक समस्या देखिएपछि घरबाट निकाला गर्नु र अन्तिम साहाराको लागि मठ मन्दिर र सडकमा आउनु दुई छाक पेटभरी खाना, हात पसार्नुपर्ने, खुल्ला आकासमूनी सारंगी पेट दुई चारा, हाल्न अर्काको मुख ताक्नुपर्ने दयनिय दीनदुखी अनाथ अपाड्ड, असहाय, वेवारिसे वा वेवास्ते सडक मानवहरु सडकमा आएपछि नै नीलसागर जस्ता संस्थाहरु खोलिने हुन ।
नीलसागरहरु खोलीनु के राम्रो हो ? वा नीलसागरहरु बन्द हुनुपर्छ । सबै संघ–संस्थाहरुको मुख्य उद्देश्य बालबालिका, महिला, शारीरिक असक्षमता, तल्लो वर्ग र जेष्ठ नागरिकको हेरचाहमा केन्द्रित छ । वालवालिका, महिला, शारिरिक असक्षमता भएका व्यक्ति, जेष्ठ नागरिकको क्षेत्र अत्यन्त संवेदनशिल तथा सहदयका साथ काम गर्नुपर्ने क्षेत्र हो । बेसहाराको सहारा राज्य हुनुपर्दछ । जेष्ठ नागरिकहरुको सेवा सुविधा गर्न पाउनु भाग्यको विषय हो । आफ्ना आमाबुवालाई बृद्धावस्थामा सेवा गर्नु भनेको दैविक तथा पूण्य कार्य हो । यो पूण्य कार्यले स्वर्ग गइन्छ भन्ने पूर्विय दर्शनको मान्यता छ । आदर्श पुत्र श्रवणकुमारले भने झै मातृपितृ सेवा गरौं । जात, धर्म, लिंग, राष्ट्र भन्दा माथि मानवता धर्म हुनुपर्दछ । हरेक मानिसलाई मानवीयताको आँखा संवेदनाशिलताले माया ममता गर्नुपर्ने हुन्छ । सडक मानवका लागि भावनात्मक सुरक्षा निकै आवश्यक हुन्छ । शारिरिक स्वास्थ्यले मात्र व्यक्तिको सुखको मापन गर्न सकिदैन । विशेषता सडकमा आईसकेको मानिसलाई सामाजिक अन्र्तक्रिया, उचित सम्मान, माया, आत्मिक सन्तुष्टि, देशदर्शन तथा आध्यात्मिक ध्यान ज्ञान, भोजन कृतन जस्ता कुराहरुको आवश्यकता पर्दछ । सडक मानवहरु समाजका बोझ होइनन् बरु अमुल्य सम्पत्ति हुन भन्ने कुरा स्थापित हुन जरुरी छ । उनिहरुलाई माया, ममता, सेवा र उपयुक्त तरिकाले उपचार र हेरचाह गरिनु पर्दछ । मानवले मानवलाई मानवकै रुपमा माया ममता गरौं भन्ने मूल उद्देश्य प्रत्येक मानविय सेवाधारी संस्थाहरुको हुनुपर्दछ ।
मानव जीवनको सार्थकता भनेको अरुको सेवा गर्नु हो । यो बास्तविकतालाई भूलेर मानिसहरु आफ्नो र अफन्तका लागि मात्र जीवन उपभोग गर्ने गर्दछन् र कालन्तरमा तिनै आफन्तद्धारा पिडित भएर सडकमा आउने गर्दछन् । सबै भन्दा ठूलो धर्म भनेको त एक अर्काप्रति गरिने व्यवहार, सहयोग र सेवा नै हो । यी सबै कर्म, निस्वार्थ हुन सके मात्र धर्मको आर्दश पुरा हुन सक्दछ । गरिव, असहाय, अपहेलित, अनाथ, असक्तलाई माया ममता र स्याहार र सुसारले मानवताको बोध गराउंदछ । तर समाज विस्तारै स्वार्थमा डुबेको छ । समाजलाई चिन्ने, हेर्ने, बुझ्ने भन्दा पनि आफ्नालागि मात्र चिन्तन गर्ने प्रबृति बढिरहेको छ ।
बांके, बर्दिया, दांग, पाल्पा, सुर्खेत, दैलेख प्रदेश नं. ५ र ६ लाई केन्द्र विन्दु बनाएर सडक पेटीहरु, मठमन्दिरहरुमा कष्टकर जीवन बाच्न बाध्य सडक मानवहरुलाई सेवा, सुविधा स्याहार र सहारा दिएर शुरु भएको नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रले ३ बर्षको ६०३ जनालाई मानवीय सेवा प्रदान गरिसकेको छ ।
“संसारलाई बदल्नु छ, शुरुवात आफैबाट गर्नु छ ।”
“जसले आमा बुवालाई प्रेम दर्शाउन सक्दैन उसले आफ्नो छोराछोरीबाट प्रेम खोज्नु अपराध हो । ” डा. योगी विकाशानन्द ।
नीलसागर के हो ?
– अंश अंशरुपी मानव आत्माहरु, नीलसागररुपी परमात्माका सन्तान हुन् । सबैको हृदयमा भगवानको रुप हुन्छ । सबैको आत्मा, मन, संसकार, सपना एकै हुन्छ । नीलसागर सदा शान्त शौम्य सुन्दर र विशाल छाती भएकोले नै नदीनालाबाट आउने हर पानीलाई आफूमा समाहित गरेको हुन्छ । नीलसागर कै पानीले उष्णता खेपेर नील गगन चुमी शितलता दिने बर्षा, जीवन दिने जल, अन्नपात उब्जाउने शक्ति र पृथ्वीलाई हराभरा गराउन सक्छ । त्यही जल चिसिन सक्ने क्षमताको कारण सगरमाथाको शिखरमा बरफ बनी बस्न पुगेको हुन्छ भने पूनः सूर्यको राप तापमा पग्लेर दुई किनारसंग पैढेजोरी खेल्दै हिलो, धुलो, फोहोर बगाउदै नीलसागरमा समाहित हुन्छ । जीवन यही पानी हो भने जीवन दायनी सृष्टिचक्रको अर्को रुप परमात्माको विशलतानै अर्को रुप नीलसागर हो । नीलासागर सदा शान्त हुन्छ अनि जीवनरुपी ज्वारभाटा उर्लेर के–के न गर्छु जस्तो गरी जति उर्लेनी समाहित हुने नीलसागर मै हो । तुफान नीलासागरबाटै उठ्छ अनि नीलसागरमै समाउछ ।
नीलसागरको संगतले धुलो मैलो फोहोरलाई क्रमशः आफ्नो गुण दिएर थिग्राएर नीलो पवित्र जल बने झै दुःखी, अपहेलित, बेसहाराहरुलाई नाना, छाना, खाना संगसंगै ध्यान, सतसंग योग योगासन, भजनकृतन गराई निर्मल, खच्छ, पवित्र आत्मा बनाउनु र नीलसागरमय सृष्टिचक्रमा हाँसी देह छोडन सक्ने बनाउने संस्था हो “नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र ।”
– २०७३ आश्विन १२ देखि बैधानिक रुपमा कानूनी प्रक्रिया पूरा गरी शुरु भएको नीलसागरले हालसम्म २०७ जना बुवा आमाहरुलाई आ–आफ्नो घर खोजेर स्वास्थ्य ठीक बनाएर गृह मिलन गराई सकेको छ ।
– हाल केन्द्रिय आश्रममा पार्वती आमााहरु ६३ जना हुनुहुन्छ भने खुशी बालग्रामको छुट्टै प्रबन्ध गरी १८ जना बाल गणेश, कुमारहरु, अशोकासुन्दरी प्रबन्ध गरेको छ । कोहलपुर, गुलरिया, भुरीगाउँ, मधुवन, दाड्ड, पाल्पा, सुर्खेत, दैलेख र भारतको नयाँ दिल्ली शाखाहरुमा ३०६ जनालाई प्रबन्ध गरेर व्यवस्थापन गरेको छ ।
– पटक पटक गरी बागेश्वरी मन्दिर समितिसंग निर्णय गराउन लगाई ९४ जना सहयोगापेक्षी सडक मानवलाई उद्धार गरिसकिएको छ ।
– स्वास्थ्य सेवा विभागको मनोसामाजिक सेवाद्वारा ७ संस्थाहरुलाई मनोनयनमा परेको नीलसागर सेवाश्रमले मनोसामाजिक क्षेत्रमा पनि काम गर्ने अनुमति पाएर १५३ जनालाई उद्धार गरी मानसिक वष्ठि विशेषज्ञ डा.तनविर अहमद खानज्यूको निगरानीमा उपचार औषधी किनेरै खुवाएर ठीक पारेर सामात्य अवस्थामा फर्काएर इण्डिया –२७ जना फर्काइ सकेका छौ भने नेपालकै विभिन्न जिल्लाहरुमा –७२ जना गृह पूर्न मिलन गराई सकेका छौं ।
– लामो समय देखि सुर्खेत ववई पून अगाडी जंगलको ओडारमा वस्ने कारी क्रिया दिदीलाई महिला विकास कार्यालयको सहयोगमा उद्धार गरी हाल सामान्य अवस्थामा जीवन जिउनु भएको हेर्दा खुशी लाग्छ ।
– बानियाभार जंगलमा गाडीले दुवै खुट्टा किचेर शरीर नै जिर्ण मृत्यु शैयामा छटपटिएकी काली दिज्यूलाई सेवा सुविधा दिर्य सामान्य अवस्थामा आउनु भएको छ । घर खोजी भैरहेको छ ।
– प्यारो भाई विदूर खनालको खजुरामा बाइक दुर्घटना भै मृत्यु भएको घटनाले एक दिदी छटपटिन्छे जीवनमा यस्तो मोड आउला कल्पना नगरेका घटनाले विक्षितमन बाबा आमाका मरै तुल्य मानसिक अवस्था र नेपाल प्रथम मै गायिका जिन्दगी विताएर अझै नयाँ एल्वम निकालेर सोच सपनामा तुषरापात भै मोडनै बदलियो अनि भाईको सपना सडक मानवको उद्धार गर्ने है दिदी पैसा कमाएर भन्ने हर सपनामा आउथ्यो अनि नीलसागरको जन्म भयो ।
– नीलसागर जस्ता संस्थाहरु खोलिनु राम्रो किमार्थ होइन तापनि पोखरा एस.ओ. एस.माा वाल्यकाल जीवन विताएर सुख दुःख आफन्त विछोड अनाथ भएर पाउने दुःखको पहिचान भएका संस्थाका संस्थापक अमन सुवेदीद्वारा मुवाबुवाहरुसंग भेटिनु भएको स–साना अनाथ बालबालिकालाई जीवनदान दिनुपर्छ भनेर “नीलसागर खुशी बालग्राम” छुट्टै व्यवस्थापनमा शुरु गर्नु भएको छ ।
– मठ मन्दिर सडक, होटलमा बालश्रम गर्ने दुवै बुवामुवा गुमाएका बालबच्चाहरुलाई अध्ययन, लालन पालनको लागि खुशी दिने सहारा घरको रुपमा खुशी बालग्राम पनि संचालन गर्दा अझै हामी उत्साहित छौ किनकी असल सरल, कर्मठ नागरिक बनाउन र बनेकाबाट अन्य अनाथ असहायकै सेवामा समर्पित गराउने छौं ।
– रात्रीकालिन सेवामा नीलसागरका अभियान्ताहरुले निम्नानुसारका सहयोगापेक्षीहरु फेला परेको पायौं ।
१. असली सहयोगापेक्षी :-
आकाशमुनि रात विताउन विवश, घरपरिवार विहिन, परिवार तथा समाजबाट परित्यक्त बेसहारा, अनाथ अपाड्ड, अशक्त असहाया मनो सामाजिक समस्या तथा जीवन नै संकटमा परेका ।
२. नशायुक्त सहयोगापेक्षी :-
दिनभर काम गर्ने, मागेरै हिडने रक्सी, भाङ धतुरो, नशा प्रयोग गरी सडकमै जीवन जिउनेहरु ८० प्रतिशत भेटिएका छन । पूर्नस्थापना केन्द्रमा राखि सुधार्नुपर्ने देखिन्छ ।
३. अपराधिक बेश्याबृत्ति सहयोगापेक्षी :-
अपराधिक र वेश्याबृत्तिमा लिन भएका पनि सडक मै बस्ने पैसा कमाउनेहरु पनि भेटिएका छन । घर खोजी आफन्त बोलाएर गृह पूर्नस्थापना गर्नुपर्ने देखिन्छ ।
४. मनोसामाजिक सहयोगापेक्षी :-
मनोरोगी मै परिवारबाट परित्याग गरिएका युवा युवती एवम् जेष्ठ नागरिकहरु पनि प्रशस्त देखा पर्नु हुन्छ सडकमा नियमितटोभेटा बेन्जेस, रिस्पर लगायतका मनोरोगी निधानका औषधी खुवाएर ठीक पारी असमान्य अवस्थाबाट सामान्य अवस्थामा ल्याएर घर कहाँ हो भनि सोधेर गृह मिलन गराइएका धेरै भएकोले नेपाल सरकारद्वारा वितरीत १४ प्रकारका मनोरोगीका औषधी बा“केमा किनेर खुवाउनु पर्ने बाध्यता भएकोले मनोसामाजिक महाशाखा स्वास्थ्य विभाग टेकु एवम् स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्नुपर्ने देखिन्छ ।
कही कतैबाट यस्ता औषधी सहयोग नहुनु नेपाल सरकारबाट पनि निःशुल्क उपलब्ध नहुंदा सारै समस्या परेको अवस्था छ ।
– पूर्विय दर्शनमा जेष्ठ नागरिक असक्षमता शारीरिक, दृष्टि, अंग भंग भएका व्यक्तिहरु अनाथ, असहाय अशक्तको सेवालाई पूण्य कर्म दैनिक वरदान स्वर्ग जानेबाटोको सत्कर्मको रुपमा व्यवस्था गरिएको छ ।
श्रवण कुमारले दृष्टिविहिन मातापिताको सेवा गर्दा प्यास मेटाउन पानी भर्दा दशरथको वाण्को सिकार भै मृत्युवरण गरे अनि श्रवण कुमारका मातापिताको श्रापले पुत्र विभोगले राजा दशरथको देहान्त भयो ।
सडकमा किन आउनु हुन्छ जेष्ठ नागरिक ?
– अंश पुत्रहरुलाई हस्तान्तरण गर्ने प्रचलन औलामा गन्न सकिने देशमा मात्र हो । फकाएर, जाल साची गरी सम्पत्ति आफ्नो नाममा गरि सकेपछि मातापितालाई सडक, मठमन्दिरमा बृद्धाश्रममा छोडने आधुनिक श्रवण कुमारहरु जन्मिएका छन समाजमा पैसा नै सबैथोक हो भन्ने संस्कारको धनिभूत चमकले प्रज्ञा केही पनि होइन भन्ने भान परि रहेका छ ।
“वाप न मैया
सवसे वडा रुपैया”
– संस्कारी, अनुशाषित, सेवा धारी श्रवण कुमार सुपुत्र, सुपुत्री बनाउने संस्कारी प्रज्ञा ज्ञान दिन नसकिएको तितो सत्यले गर्दा आज नेपालभरी, विश्वभरी मातापिता गृहत्यागी भै रहेको यथार्थता हो । नेपालमा यही पैसा कमाउने कारणले विदेशिने चलनले कोही सपनाको देश अमेरिका, जापान, अष्टे«लिया, अरव मूलुक प्रदेशिने क्रमले गर्दा जीवनकै उत्तरार्थमा बालप्रस्त अवस्थामा घर घरमा जेष्ठ नागरिक बुवामुवाहरु एक्लिने र बुहारीहरु शहरमा सर्ने बच्चा पढाउने बाहनामा शहरीकरण हुने क्रम बढदो छ जस्ले गर्दा बाबा आमाहरु विस्तारै सडक, मठ मन्दिरमा आइ पुग्ने प्रक्रिया बढदो छ ।
प्रदेश नं. ५ सहयोगापेक्षी मुक्त प्रदेश घोषणा महा अभियान
नीलासागरले प्रदेश नं. ५, सामाजिक विकास मन्त्रालयको समवन्यमा सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गर्ने अभियानमा लागि रहेको छ । जसका लागि निम्नानुसार अभियान चलाई रहेको छ ।
१. खजुरा गाउँपालिकालाई कार्तिक २० गते मानवताको गाउँपालिका घोषणा गर्ने ।
२. कोहलपुर नगरपालिकालाई कार्तिक २५ गते सहयोगापेक्षी मुक्त नगरपालिका घोषणा ।
३. नेपालगंज उपमहानगरपालिकालाई कार्तिक २८ गते सडक मानव मुक्त नेपालकै प्रथम उपमहानगरपालिका घोषणा ।
४. मंसिर महिनामा बैजनाथ गा.पा., राप्ती सोनारी, जानकी गाउँपालिका लगाएत बांके जिल्लाका सम्पूर्ण गाउँपालिकालाई सडक मानव मुक्त गाउँ पालिकाहरु घोषणा गर्ने ।
५. पुष १५ गते सिंगो बा“के जिल्लालाई नै मानवताको जिल्ला घोषणा गर्ने । सामाजिक विकास मन्त्री एवम् माननीय प्रदेश नं. ५ का मुख्यमन्त्रीज्यूलाई नेपालगन्जमा वहा“हरुद्वारा नै घोषणा गर्न लगाउने ।
६. पुष २० गते दाड्ड जिल्लालाई मानवताको जिल्ला घोषणा गर्ने ।
७. पुष २५ गते बर्दिया जिल्लालाई मानवताको जिल्ला घोषणा गर्ने ।
८. माघ १ गते पाल्पा जिल्लालाई घोषणा गर्ने ।
९. माघ १५ गते बुटवल रुपन्देहीलाई घोषणा गर्ने ।
१०. फागुन १ गते प्रदेश नं. ५ लाई नै मानवताको प्रदेश घोषणा गर्ने ।
तपाईको प्रतिक्रिया