
कागेश्वरी मनोहरा नगरपालिका–१ राजधानीको उत्तरपूर्वी भेगस्थित गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने कागेअष्टमी मेला सम्पन्न भएको छ । मेलामा कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास रही आएको छ । विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको छ । सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर एक शिवलिङ्ग उत्पन्न भएको भनाइ हस्त लिखित स्वस्थानी व्रत कथामा उल्लेख छ । साथै किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ । मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो ।

रसुवाको गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै यसै दिन कागेश्वरी मेलामा चढाउनाले आकाश गंगाबाट बगेको पानीमा र स्नान गर्नाले चिताएको पुग्ने साथै त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ ।
सुन्दर र रमणिय यो ठाउँलाई विकास गरी पर्यटकिय रुपमा स्थापित गर्न कागेश्वरी मनोहरा नगरपालिकाले भाबि योजना समेत लानू गर्न आफना योजनाहरु अगाडी बडाई रहेको छ ।

स्थानियबासी महेश्वर ढकालका अनुसार कागेश्वरी मन्दिरसम्म पुग्न चाबहिल–जोरपाटी–डाँछी–भद्रबास–आलोपोट, चाबहिल–जोरपाटी–गोकर्णेश्वर–दोबाटो चोक–आलापोट र चाबहिल–जोरपाटी–ब्रह्मखेल–गागलफेदी हुँदै पुग्न सिकन्छ । 













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु