
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ अन्र्तगत सुगम नगर विकास समाजको संयुक्त छैठौ सधारण सभा सम्मन्न भएको छ । सुगम नगरसमाजले सुगम नगर महिला समूह, सुगम नगर युवा समूहको संयुक्त रुपमा सधारण सभा आयोजना गरेका हुन । कार्यक्रम संसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यिमा सम्पन्न भएको हो । उक्त नगर विकास समाजले, महिला समूह, युवा समूहको नयाँ कार्य समिति समेत चयन गरेको छ । सुगम नगर विकास समाजको अध्यक्षमा कपिलमूनी उप्रेती चयन भएको छ भने महिला समूहका अध्यक्षमा यशोधा ढ्ंगेल र युवा समूह तर्फ दावा तामाङ चयन भएका छन् ।

नगर विकास समाजका अध्यक्ष कपिलमूनि उप्रेतीले सुगम नगर समाजले विगत देखि समाजिक तथा स्थानीय विकास निमार्ण कार्यहरुमा प्रत्यक्ष सहभागी भई सामाजिक एकता कायममा महत्वपूर्ण भूमिका निर्भाह गर्दै आएको भन्दै अगामि दिनहरुमा पनि उक्त कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नयाँ सदस्यहरुलाई प्रमुख अतिथिले खादा ओढाई सम्मान गरेका थिए ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु