
नारी कोसिस डटकमर/पुस–१८, काठमाडौँ । शेरा स्वास्थ्य शिक्षा प्रतिष्ठान र दोन डुप प्रतिष्ठानको संयुक्त आयोजनामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका घ्याङडाँडामा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।

उक्त प्रतिष्ठानले बुधावार काठमाडौको धुम्बाराही, शंखपार्कमा मृतकहरुप्रति श्रद्धाञ्जलि र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको हो ।

कार्यक्रममा नेकपा ३ नम्बर प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ,क्षेत्र नम्बर २ का सांसद नारायण खतिवडा, प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशसभा सदस्यहरु, जनप्रतिनिधि, मृतकका आफन्त र सर्वसाधारणले दिप प्रज्वलन गरेका थिए ।

सो दुर्घटना गत मंसिर २८ गते भएको थियो । दुर्घटनामा १९ जना घटनास्थलमै र तीन जना उपचारका क्रममा गरी २२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा दर्जन भन्दा बढी घाइते भएका थिए ।
घाईतेहरुको हाल काठमाडौको टिचिङ अस्पातलमा उपचार भईरहेको छ ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु