
नारीकोसिस डटकम/पुस ३०, काठमाडौं । श्रीलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेती समम्मानित भएकी छन् ।
उक्त सहकारीले आफ्नो सातौ वार्षिक साधारण सभाको सु-अवसरमा लामो समय देखि अटिजम भएका बालबालिकाहरुको सेवा गदै आएको भन्दै उप्रेतीलाई नगद (रु. २५,०००) पच्चीस हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । सहकारीको अध्यक्ष ओम उप्रेती र कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौ महानगरपालिकाको मेयर बिधासुन्दर शाक्यले सम्मान पत्र तथा नगद रकम हस्तरण गरेका थिए ।
उप्रेतीले शुभकामना मन्तव्यमा धन्यवाद दिदै ‘यो सम्मानले थप काम गर्ने हौसला बढनुको साथै जिम्मेवारी थपिएको बाताईन् । उनले संस्थाको बारेमा र आफ्नो सामाजिक कार्यको बारेमा बताईरहदा उपस्थित सहभागीहरु भावुक हुँदै मनकारीहरुले संस्थालाई सहयोग थिए ।
काठमाडौको पेप्सिकोला काँडाघारीमा रहेको उक्त संस्थामा हाल ४५ जना बालबालिकाहरुले शिक्षा ,विभिन्न थेरापी सेवा र सिपमुलक तालीमहरु पाइरहेका छ्न भने २६ जना कर्मचारीहरु कार्यरत छन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु