
नारीकोसिस डटमकम/पुस १, रसुवा । वैदेशिक रोजगारका लागि रसुवाबाट राहदानी लिने महिलाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको तथ्याङकले देखाएको छ । प्रशासक एवं सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार यस आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म राहदानी प्राप्त गरेका कुल ४०१ जनामध्ये ६० प्रतिशत महिला छन् ।
उनीहरुले विदेश जानकै लागि नेपाली नागरिकता लिने र त्यसको भोलिपल्टै राहदानी प्राप्तिको लागि आवेदन पेश गर्न थालेका छन् । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर ३० गतेसम्म नेपाली नागरिकता प्राप्त गर्नेको सङ्ख्या ३२६ जना र राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या करिब १ हजार ५०० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाली नागरिकता, राहदानी, संस्थादर्ता, राष्ट्रिय परिचयपत्र प्राप्ति एवं स्थानीय प्रशासनबाट प्रदान गरिने विविध प्रकारका सेवा लिनका लागि दैनिक ३५ देखि ४० जना सेवाग्राही आउने गरेका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु