
नारीकोसिस डटकम/सर्लाही । अन्तरजातिय विवाह गरेको भन्दै सर्लाहीमा केटाको आमालाई स्थानीय तहका जनप्रतिनिधिले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ बस्ने जितेन्द्र राम र अन्जु रायले अन्तरजातिय विवाह गरेपछि जितेन्द्रकी आमा धनेश्वरीदेवीलाई वडाध्यक्ष रामविश्वास रायले हातपात गर्दै दुरव्यवहार गरेको आरोप लागेको हो ।
गैरदलित युवतीसँग अन्तरजातिय विवाह गरेको भन्दै वडाअध्यक्ष र अन्जुको बाबु अभिनन्दन रायसमेतले आफूलाई अनेक धम्कीसहित दुरव्यवहार गरेको धनेश्वरीदेवीले गुनासो गरिन् ।
प्रेमपछि भागेर अन्तरजातिय बिहे गरेका जितेन्द्र र अन्जु कक्षा ११ मा अध्ययनरत थिए । माइती पक्षको दवावपछि जितेन्द्र र अन्जु अहिले घरबाहिर नै लुकीछिपी बस्दै आएको बताइएको छ ।
यसैबीच घटनापछि पीडित धनेश्वरीदेवीले प्रहरीमा उजुरी दिएकी छिन् । उनको निवेदन दिएपछि प्रहरीले सुरक्षाको लागि प्रबन्ध मिलाएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु