
काठमाडौं – नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि महिला स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरूको कामको उच्च मूल्यांकन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका १० वटै वडाका ९७ महिला स्वयंसेविकालाई दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइएको नगरप्रमुख मोहनबहादुर बस्नेतले बताए ।
उनका अनुसार सरकारले प्रदान गर्दै आएको छ हजारमा रुपैयाँ र नगरपालिकाका तर्फबाट थप दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइएको छ। महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् ।
यसै वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयका किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्ययालय जान प्रोत्साहन गर्न स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको नगर प्रमुख बस्नेतले जानकारी दिए । (रासस)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु