
नारी कोसिस डटकम/चैत १९, काठमाडौँ । आज विश्व अटिजम सचेतना दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी विश्व अटिजम दिवस मनाईएको छ । अप्रिल २ लाई विश्वभर अटिजम सचेतना दिवसको रुपमा मनाइदै आएको छ ।
“अटिजमको बारेमा बुझौ ,अरुलाई पनि बुझाउ र सचेतना बढाऔ भन्ने मूल नाराका साथ विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रले पनि विश्व अटिजम सचेतना दिवस तथा अभिभावाक दिवस मनाएको छ ।

अटिजम भनेको बालबालिकामा देखा पर्ने रोग नभएर एउटा विशेष अवस्था हो भन्ने कुरा आम नागरिकलाई थाहा गराउने, विश्व अटिजम सचेतना दिवसको मुख्य उद्देश्य हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्या मध्ये एक प्रतिशतमा अटिजम हुने गर्छ । त्यही आधारमा हेर्दा नेपालमा तीन लाखको हाराहारीमा अटिजम भएका व्यक्तिहरु रहेको अनुमान रहेको पुर्नस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीले बताइन् ।
उक्त अवसरमा अटिजम भएका बालबालिकाले सन्देशमूलक नृत्य, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको भवन निर्माणमा सघाउन संस्थाकी अध्यक्ष तथा कार्यकारी प्रमुख सविता उप्रेतीले अनुरोध गरिन् ।
संस्थाले नौ वर्षदेखि अटिजम भएका बालबालिकाको हेरचाह, शिक्षा, थेरापी सेवा, सीपमूलक तालिम दिनेलगायत काम गर्दै आएको छ । संस्थामा हाल अटिजम भएका ४५ बालबालिकाले शिक्षा लिइरहेका छन् । कार्यक्रममा अटिजम सचेतनामा उल्लेखनीय योगदान पुर्याएका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । अटिजम भएका बालबालिकालाई पनि मेडल र पुरस्कार वितरण गरिएको थियो ।

मंगलबार आफ्नै विद्यालयको प्राङ्गनमा भएको विशेष कार्यक्रममा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथि थिए । सो अवसरमा नेपाली सेनाका महासेनानी मनोज बैदवार ,वरिष्ठ पत्रकार सुमन खरेल, गायक प्रमोद खरेल लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो