
नारीकोसिस डटकम/चैत २५, जनकपुर । अस्पताल प्रशासनको कमजोरी र चिकित्सकको लापरबाहीका कारण जनकपुर अञ्चल अस्पतालमा पुनः एक बिरामीको मृत्यु भएको छ ।
आइतबार दिउँसो करीब साढे ३ बजे सामान्य ज्वरो भई उपचारका लागि आएका जनकपुरधाम उपमहानगरपालिका ४ उतिमपुर निवासी इन्द्रेस चौधरीका अन्दाजी १७ वर्षीय छोरा शिवम चौधरीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको आरोप परिवारजनले लगाएका छन् ।
शिवमलाई शुरूमा इमरजेन्सीमा भर्ना गरिएको थियो, त्यसको दुई घण्टापछि वार्डमा पठाइयो । त्यहाँ कुनै चिकित्सकले हेरचाह नगरेको र उपचार पनि नगरेको गुनासो पीडित पक्षको छ ।
घटना पश्चात् पीडित पक्षले अस्पतालविरूद्ध नाराबाजी र हो-हल्ला गरेका थिए । परिवारजनका अनुसार मृतक शिवम ५ दिनदेखि ज्वरोका बिरामी थिए र स्थानीय चिकित्सक आनन्द मिश्राकहाँ उपचार भइरहेको थियो ।
रूटिन चेकअपको क्रममा उनलाई आईतबार अञ्चल अस्पतालमा रेफर गरिएको थियो । पीडित पक्षले दोषी चिकित्सक र अस्पताल प्रमुखलाई कारवाहीको माग गरेका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु