
नारीकोसिस डटकम/चैत २८, लहान । भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पताल उद्घाटन भएको छ ।
बुधबार नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले अस्पताल उद्घाटन गरेका हुन् ।
भारत सरकारको दुई अर्ब ६९ करोड रूपैयाँ सहयोगमा निर्माण भएको २५ शैयाको अस्पताल उद्घाटन पश्चात उपचार सेवा सञ्चालन भएको छ ।
गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा उक्त अस्पताल सञ्चालन भएको जनाइएको छ ।
अस्पतालमा चिकित्सकीय उपकरण अल्ट्रासाउण्ड, एक्सरे, ब्लड बैंक, इमर्जेन्सी, माइनर ओटी, तीन चिकित्सक कक्ष, एक नर्सकक्षलगायत सेवा रहेका छन् । अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाका जनताको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार हुने अपेक्षा गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु