
नारकिोसिस डटकम/वैशाख १७, विराटनगर । दुई बर्षअघि बाढीले भत्काएको पुल नबन्दा मोरङको बेलबारीका वासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
२०७४ साउन २८ गते लोहन्द्रा खोलामा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित १ सय ७७ मिटर लामो पुल भत्काएको थियो । तर हालसम्म पुल नबन्दा बेलबारीको वडा नं १, २, ३ र ५ का वासिन्दा तीन घण्टासम्म हिँडेर कानेपोखरीसम्म पुगेर खोला तर्नुपर्ने बाध्यता छ ।
पुल निर्माण नहुँदा एम्बुलेन्स लगायतका साधन पनि पूर्वपश्चिम राजमार्ग प्रयोग गरी विराटनगर पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।
हिउँदमा गाडीले खोला तर्न सक्ने भए पनि वर्षा याममा समस्या छ । बर्खायाममा सिमानको गाउँसंगको आउजाउ पनि बन्द हुन्छ, केही आपत प¥यो भने, खोलापारीको गाउँ पुग्ने कम्तीमा तिन घण्टा लाग्छ स्थानीय राम कामतले बताए।
पुल नहुदा बर्खाको बेलामा विद्यार्थी स्कुल जान पनि समस्या छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु