
नारीकोसिस डटकम/वैशाख २७, लम्की । कैलालीको टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्य चौकीले गर्भ जाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ ।
स्वास्थ्य चौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण भइरहेको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए ।
चार पटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक एक प्याकेट नुन र तीन प्याकेट सुत्केरी भएपछि दिने गरेका छौँ,ु स्वास्थ्यचौकी प्रमुख मगरले भने, ुनुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ।ु
गत आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ८४ ले सुत्केरी सेवा लिएका थिए। यस वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको सङ्ख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ।
११ सय घरधुरी रहेको वडा नं ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ । स्वास्थ्यचौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु