
नारीकोसिस डटकम । गर्मीको समयमा प्राय मानिसहरू फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्याउन सक्छ । विज्ञहरूको भनाइ अनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ ।
१.तौल बढाउँछ
खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।
२.घाँटीको संक्रमण
धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । घाँटीमा प्राय टन्सिलको समस्या देखिने गरेको छ ।
३.शरीरको तापक्रममा प्रभाव
धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।
४.मुटुको गति कम
जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।
५.पाचन प्रक्रियामा असर
बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु