१३५ यात्रु बोकेको विमान सडकमै ‘ल्यान्ड’ भएपछि……(भिडियोसहित)

बिबिसी । इरानमा एक यात्रुवाहक विमान सडकमै ल्यान्ड भएको छ । इरानको दक्षिण पश्चिमी शहर माशहरको एयरपोर्ट नजिकै यस्तो घटना भएको हो । विमानस्थलको रनवेमा ल्यान्ड गर्ने प्रयास गर्दै गर्दा सो विमान नजिकैको सडकमा ल्यान्ड भएको हो ।
सो विमानमा १३५ यात्रु सवार रहेकामा सबै सकुशल रहेको अधिकारीहरुले बताएका छन् । क्यास्पियन एयरलाइन्सको उक्त विमान इरानको राजधानी तेहरानबाट माशहर जाँदै गरेको बताइएको छ ।
ल्यन्डिङका क्रममा विमानको चक्का पूर्ण रुपमा नखुलेको अधिकारीहरुले बताएका छन् । यात्रुहरुले विमानबाट ओर्लिएपछि सामाजिक सञ्चालहरुमा थुप्रै तस्बिरहरु अपलोड गरेका छन् । साथै भिडियो पनि अपलोड गरिएको छ ।
इरानी सरकारी टेलिभिजनले प्रान्तीय विमान अधिकारीलाई उल्लेख गर्दै पाइलटले ल्यान्डिङका क्रममा ढिला गरेको हुनाले रनवे भन्दा केही पर विमान ल्यान्ड भएको उल्लेख गरेका छन् ।
उता क्यास्पियन एरलाइन्सले पनि उक्त घटनाको पुष्टि गर्दै एयरलाइन्सका आपतकालीन टिमलाई माशहर पठाइएको बताएको बिबिसीले उल्लेख गरेको छ ।
बिबिसीका अनुसार विमानमै सवार एक पत्रकारले विमानको पछिल्लो चक्का टुटेको र बिना चक्का सडकमा पुगेको बताएका छन् ।
त्यहाँस्थित विमान विमागका प्रवक्ता रेजा जाफरजादेले स्थानीय समयानुसार सोमबार विहान ७ः५० बजे उक्त घटना भएको बताएका छन् । उनका अनुसार सो सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
خروج مسافران از هواپیمای کاسپین که امروز در #ماهشهر از باند خارج شد pic.twitter.com/r525WjehMG
— خبرگزاری ایسنا (@isna_farsi) January 27, 2020
तपाईको प्रतिक्रिया