
नारीकोसिस/डटकम काठमाडौ । हँसिलो मुहार भएको जहिले पनि मुसुक्क हाँसी राख्ने मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो बन्ने गर्छन । हामीले हाम्रो जीवन सफल बनाउनका निम्ति जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन सक्नु पर्छ । हाँस्नु स्वास्थ्यका लागि समेत एकदमै फाइदाजनक मानिनुका साथै तनावको प्राकृतिक औषधि पनि हो ।
हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । दिल खोलेर हाँसेर तनाव कम गर्न सकिन्छ ।
तनावकै कारण हाम्रो शरीरमा हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो । अनिद्राको समस्या हटाउन पनि हाँस्न निकै जरुरी छ ।
खुलेर हाँस्दा पीडा, चिन्तालाई टाढा गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । वपायार व्यवसाय गर्ने मानिसहरुलाई अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ ।
मुस्कुराउने वा नरम हुनाले एक अर्कासँगको सम्बन्ध सुमधुर बनाउने एक अनुसन्धानले प्रमाणित गरेको छ । मुस्कुराएर बोल्दा परिवारमा झै झगडा कम हुने र सम्बन्ध सुमधुर रहने गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ