
जीवनमा हरेकजसो कुरामा साना ठूला बाधाहरु आउँछन् । ती बाधालाई हामीले कसरी पन्छाउँछौं भन्ने कुराले नै हाम्रो जीवन कस्तो हुने भन्ने निर्धारण गरिरहेको हुन्छ ।
सफलताका बाधाहरु के हुन् ? कसरी पन्छाउने ?
वातावरण र स्रोतको कमी:
धेरैजसो भन्ने भनाइ छ, म यो गर्न चाहन्छु, तर वातावरण नै छैन, प्रशस्त धन छैन आदि । यही मानसिकताले योजनाहरु चिया गफमै सिमित हुन्छन् र हामी जहाँको त्यही हुन्छौं । ओप्रा विन्फ्रले भनेकी छिन्: आफूसँग जे छ, त्यो कुरालाई उपयोग ग¥र्यो भने तिमीले आफूसँग जे छैन त्यो पाउनेछौं । यदि तिमी आफूसँग जे छैन त्यसमा केन्द्रित रह्यौ भने अहिले जति छ त्यतिमै सिमित रहनेछौं । आफूसँग अहिले भएका स्रोतको उपयोग गरौं, त्यो हाम्रो सपनाको, हाम्रो भविष्यको आधार हुनेछ । जब पाइला चाल्दै जान्छौं, आफूसँग नभएका स्रोतहरु पनि भेटिन
थाल्नेछन् ।
असफलताको डर:
असफलताको डरले गर्दा कैयौं मानिसहरुले आफ्नो सपना अनुसार हिड्ने सुरुवात नै गदैंनन् । हामी यो भ्रममा छौं कि, सफलता एउटा बिन्दु हो, जहाँ पुरस्कार हुन्छ, धन सम्पत्ति हुन्छ, खुसी मात्र हुन्छ । तर वास्तवमा सफलता एउटा प्रक्रिया हो, जहाँ असफलता मिसिएको हुन्छ । तपाई कुनै पनि काममा असफल हुनुभयो, तर त्यही कामबाट तपाइले केही सिक्नुभयो भने त्यो पनि एउटा सफलता हो । त्यो सिकाइलाई आगामी दिनमा प्रयोग गरेर तपाई आफ्नो लक्ष्य प्राप्तिमा पुग्न सक्नुहुनेछ । संसारमा सफल भएका सबैजसो व्यक्तिहरु त्यसरी नै अगाडी बढेका हुन् ।
अनुभव तथा ज्ञानको कमी:
हामीले आफूसँग अनुभव तथा ज्ञान नै नभएको क्षेत्रमा हात हाल्यौं भने त्यसमा नैराश्यता उत्पन्न् हुने सम्भावना बढी हुन्छ । त्यसैले पहिले त्यो क्षेत्रको आधारभुत ज्ञान लिऔं, त्यो क्षेत्रमा सानो पददेखि ठूलो पदसम्मको जिम्मेवारी बुझौं, त्यहाँ कामको अनुभव लिऔं अनि मात्र अगाडि बढौं । सफल व्यवसायी ज्याक माले भनेका छन्: यदि तिमीलाई अगाडी बढ्नु छ भने सानो कम्पनीमा काम गर । त्यहाँ तिमीले सानो पददेखि ठूलो पदसम्मको जिम्मेवारी, काम र तरिकाहरुको बारेमा ज्ञान लिन पाउनेछौं । जसले गर्दा तिमीलाई आफ्नै काम गर्न सहज हुनेछ ।
महत्वकांक्षा:
अति महत्वकांक्षा र महत्वकांक्षा नै नहुने व्यक्ति अगाडि बढ्न सक्दैनन् । सफल व्यवसायी वारेन बफेटले भनेका छन्: नदीको किनारमा बसेर तिमी पारी पुग्न सक्दैनौ । र यदि नदीमा एकैपटक दुवै खुट्टा राख्यौ भने डुब्न पनि सक्छौ । पहिले एउटा खुट्टा मात्र नदीमा राखेर नदीको गहीराई नाप र त्यही अनुसारको नदी तर्ने निर्णय लेउ । जोखिम उठाउ, तर एकैपटक हाम नफाल । पहिले आफ्नो सपनाको आधार निर्माण गरौं र सफलताका खुड्किलाहरु चढ्दै जाउँ ।
अनुशासन, धैर्यता र लगनशीलताको कमी:
सफलताको लागि अनुशासनको आवश्यकता हुन्छ । खर्च गर्ने तरिका, काम गर्ने तरिका, आफ्नो प्रस्तुतिकरणमा अनुशासन भएन भने सुरुवातमा राम्रो सम्भावना बोकेको काम पनि असफल हुन्छ । त्यस्तै, सफलताको लागि धैर्यता र लगनशीलताको आवश्यक हुन्छ । काम गर्नसाथ आफूले सोचे अनुसारको नतीजा मिल्दैन । धैर्य रहेर लगनशीलताका साथ मेहनत गरिरहने व्यक्तिले नै लक्ष्य प्राप्त गर्न सक्छ ।
















समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो