यस्तो छ…बचत गर्ने बानी विकासको उपायहरु

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
यस्तो छ…बचत गर्ने बानी विकासको उपायहरु

Share

पैसा सबथोक होइन । तर, केही जरुर हो । आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरूलाइ आकार दिन पैसाको आवश्यकता पर्छ । मात्र हामीले पैसालाई यसरी लिनुहुदैन की जीवनमा जे गर जसरी हुन्छ पैसा कमाउ । पैसा सवैलाई आवश्यक हुन्छ तर पैसाका लागि ज्यान वाजी राख्नुहुदैन । जति कमाईन्छ त्यसको बचत गर्ने बानी र आफ्नो कमाईअनुसारको जीवन शैली वितायौं भने आवश्यक परेको वेला साथमा पैसा हुन्छ ।  त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागी केही सामान्य टिप्स उल्लेख गरिएको छः

आफ्नो आम्दानीबाट सबै भन्दा पहिला बचतको लागि रकम छुट्टयाउनुहोस् अनि मात्रै अन्य खर्चहरु गर्नुहोस्

बचत एक दिन वा एक पटक मात्रै होइन सँधै गर्ने बानिको विकास गर्नुहोस् ।

कति समयमा कति बचत गर्ने भनि लक्ष्य निर्धारण गर्नुहोस् । जस्तैस् एक वर्षसम्म दैनिक १०० रुपैया जम्मा गरी एक वर्षमा करिव ३६,५०० रुपैया जम्मा गर्ने ।

सामान किनमेल गर्न जानुअगाडी आफुलाइ आवश्यक रहेका कुराहरूको लिस्ट बनाउनुहोस् ।

बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ति बाहेकका कुरा किन्रेबारे सोच्नुहोस् ।

घरमा खुत्रुके राख्नुहोस् ।

सामानको भाउ घटाएर किन्रुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् ।

दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।

एक रूपियाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरू खुत्रुकेमा राख्ने गर्नुहोस् ।

कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुहोस् । यसले तपाइको पैसा पनि केही बच्छ भने पठन सँस्कृतिको पनि विकास हुन्छ।

बजारको हल्ला पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररी जानकारी लिएर मात्र खरिद गर्नुहोस् ।

‘सेल’ मा राखेका सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नभएको सामान खरिद नगर्नुहोस् ।

आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् ।

यदि तपाइ विधार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानीको स्रोत, खर्च, आर्थीक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।

धुम्रपान र मधपान गर्न छोड्नुहोस् ।

बाहिरको खाना र जँक फुड छोडेर घरको खाना खाने गर्नुहोस् ।

तपाईको प्रतिक्रिया