
परिचय
थमस बर्बरी फेशन जगतको विश्वप्रसिद्ध तथा अन्तराष्ट्रिय चेन कम्पनी बर्बरीका संस्थापक हुन् । बर्बरी ब्रिटेनको एउटा ठूलो कपडा उद्योग हो । उनी गाबरडिन भन्ने कपडाको आविष्कारक पनि मानिन्छन् । जुन कपडा निकै कसिलो गरेर बुनिन्छ र सुट, ट्राउजर, ओभरकोट, विण्ड बे्रकर जस्ता पोशाकहरु बनाउन प्रयोग गरिन्छ । जन्म सन् १८३५ अगस्त २७ मा भएको थियो ।
प्रारम्भिक जीवन
थमस बर्बरीको जन्म बेलायतको ब्रोखाम ग्रीन भन्ने गाउँमा भएको थियो । उनले ब्रोखाम ग्रीन भिलेज स्कूलबाट शिक्षा प्राप्त गरेका थिए । स्कूलको पढाई सकेपछि थमसले एउटा स्थानीय कपडा पसलमा काम गर्न थाले । त्यसैक्रममा उनलाई कपडा सम्बन्धित जानकारी प्राप्त भयो र उनले आफैं कपडा डिजाइन गरेर विभिन्न तयारी पोशाक तयार गर्ने सोच बनाए ।
व्यवसायिक यात्रा
थमसले सन् १८७६ मा बेलायतको बेसिंगस्टोक भन्ने ठाउँमा आफ्नो पहिलो पसल खोले । उनको डिजाइन सामान्य मानिसको दैनिकी जनजीवनबाट प्रभावित थियो । त्यसैले उनले माछा मार्न वा शिकार खेल्न जाँदा लगाउने बाहिरी पोशाकको डिजाइन गर्न शुरु गरे । थमसलाई ती पोशाकहरु वाटरप्र्रुफ पनि बनाउन सके अझ राम्रो हुने विचार आयो । जसका लागि उनी ब्रिटिश कटन उद्योगहरुसँग पार्टनशिपमा काम गर्न राजी भए । थमसले देशका मध्यमवर्गीय समाजलाई लक्षित गरेर विभिन्न थरीका तयारी पोशाकका साथै वाटरप्रुफ पोशाकहरुको पनि डिजाइन गर्न शुरु गरे ।
थमसले विभिन्न खेलहरु खेल्दा प्रयोग हुने वाटरप्र्रुफ पोशाकहरुको डिजाइन गर्न शुरु गरेपछि उनको व्ववसाय फस्टाउन शुरु भयो । सन् १८७१ मा सत्तरी भन्दा बढी कामदारको उनको उद्योगमा काम गर्न थाले । सन् १८७१ मा उनले आफ्नो उद्योगलाई ठूलो बनाए जसमा विशेष गरी तयारी पोशाकको होलसेल निर्माणला्ई प्राथमिकता दिए । सन् १८८१ मा उनको उद्योगमा काम गर्ने कामदारहरुको संख्या दुई सय नाध्यो । थमसलाई आफ्नो उद्योग र ब्रान्डको विज्ञापन गर्न जरुरी लाग्यो । त्यसपछि उनले आर्मी अफिसरहरु लर्ड किच्नर र लर्ड बदेन पावेललाई आफूले डिजाइन गरेका वाटरप्रुफ पोशाक पहिरिन अनुरोध गरे । यसरी थमसले आफ्नो व्यवसाय बढाउँदै बेलायतको कपडा जगतमा आफ्नो पहिचान बनाउन थाले ।
सन् १८७९ मा थमसले आफ्नो उद्योगमा गाबरडिन भन्ने कपडा बनाउन शुरु गरे । जुन कपडा इजिप्टको कटनबाट बनेको थियो, कसिलो बुनिन्थ्यो र वाटर प्रुफ पनि थियो । गाबरडिन कपडालाई साउथ केसिंगटनमा भएको इन्टर नेशनल हेल्थ प्रदर्शनीमा निकै मन पराइयो साथै थमस बर्बरीको नाम पनि विश्वप्रसिद्ध भयो । सन् १९०४ मा उनले पुरुषमा लागि कोटको डिजाइन गरे जसमा प्रयोग भएको भएको कपडाले तातो चिसो हावा, वर्षाको पानी आदिबाट मानिसको शरीरलाई बचाउन सक्थ्यो ।
व्यवसायलाई विस्तार गर्नका लागि थमसले आफ्ना छोरालाई लण्डनको व्यापारिक ठाउँ जर्मिन स्ट्रिटमा आफ्नो उत्पादनको व्यापारका लागि पठाए । सन् १८९१ मा लण्डनको वेस्टमिन्स्टर शहरको हेमार्केटमा थमसले बर्बरीको पहिलो फ्लागशिप स्टोर खोलेका थिए । सन् १८९३ मा नर्वेजियन अन्वेषक र ब्रिटिश अन्वेषकले अभियानहरुमा गाबरडिन कपडाको प्रयोग गरेका थिए । सन् १९०० मा ब्रिटिश वार अफिसले थमसलाई सैनिकहरुको लागि हलुका खालको कोट डिजाइन गर्न अर्डर गरेपछि उनले टे«न्चकोटको डिजाइन तयार पारेका थिए । जुन कोट पहिलो विश्वयुद्ध ताक सैनिकहरुले प्र्रयोग गरे र पछि सामान्य मानिसको जीवनमा पनि यो कोटले आफ्नो प्रभाव जमायो ।
अमेरिकी कलाकार हम्प्रे बोगार्ट र ब्रिटिश कलाकार अड्रे हेपबर्नले विभिन्न चलचित्रमा टे«न्चकोट पहिरिएपछि सो टे«न्चकोट बर्बरी ब्राण्डलाई विश्वप्रसिद्ध बनाउने प्रमुख डिजाइन बन्न पुग्यो । टेन्चकोटको डिजाइनले सफलता पाएपछि थमसले खासगरी सैनिक र खेलाडीहरुलाई लक्षित गरेर पोशाकको डिजाइन गर्न थालेका थिए ।
सफलता
सिर्जनशीलताका कारण थमसको सन् १९२६ मा नब्बे वर्षको उमेरमा मृत्यु भएको थियो । थमसको मृत्युपछि उनको परिवारले कम्पनीलाई अगाडि बढाएको थियो । अहिले संसारमा विभिन्न एकाउन्न देशहरुमा बर्बरी ब्रान्डका पसलहरु छन् जसमा बर्बरी ब्रान्डका कोट, सुट, स्कार्फ, परफ्युम, झोला, चस्मा, घडी, सौन्दर्य सामग्री आदि पाउन सकिन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो