
सफल व्यवसायी ज्याक माको एउटा भनाई छ, “नक्कल गर्यौ भने तिमी हराउँछौ।” नहराउनको लागि आफैंले नयाँ आइडिया जन्माउन सक्नुपर्छ । नयाँ आइडिया सहज पक्कै हुन्न, विभिन्न परिक्षणबाट गुज्रिनुपर्ने हुन्छ । तर त्यसले तपाईको आफ्नै परिचय बनाइदिन सक्छ ।
समस्या सधैं अवरोध मात्र होइन, अवसर पनि हो । कुनै पनि समस्यालाई अवरोधको रुपमा हेरेर मात्र नबस्नुहोस, त्यसको समाधान खोज्नुहोस् । ती समाधानका उपायहरुमा तपाईले कामका लागि नयाँ आइडिया जन्माउन सक्नुहुन्छ, आफ्नो लागि नयाँ अवसर भेट्न सक्नुहुन्छ ।
समय हुँदा आफूले गर्दै आइरहेको काम छोडेर आफ्नो रुचीको काम गर्नुहोस् । आफ्नो रुचीको काम गर्दा मन रमाउँछ र त्यसमा सिर्जनात्मक क्षमता प्रस्फुटन हुन्छ । यसले गर्दा ती काममै नयाँ आइडियाहरु जन्मिन सक्छन् ।
सधैं एउटा डायरी लिएर हिड्ने गर्नुहोस् । यसो गर्दा तपाईले आफ्नो दिमागमा आएका कुरा, बाटोमा या आफू पुगेको ठाउँमा देखेका, सुनेका नौला कुराहरु डायरीमा टिप्न सक्नुहुन्छ । जसबाट तपाईले नयाँ सोच, नयाँ आइडियाको विकास गर्न सक्नुहुन्छ ।
सभा सेमिनारहरुमा सहभागी हुनुहोस् । आवश्यक तालिम लिनुहोस् । विभिन्न बौद्धिक कार्यक्रम हेर्नुहोस् । व्यवसायिक र बौद्धिक व्यक्तित्वहरुसँग नेटवर्क विस्तार गर्नुहोस् । सामाजिक संजालमा उनीहरुलाई follow गर्नुहोस् ।
आफ्नो रुचीकारसँगै आफ्नो कामसँग सम्बन्धित सामग्री या पुस्तकहरु पढ्नुहोस् । अध्ययनले सोच्न सक्ने क्षमतामा वृद्धि गरिदिन्छ, साथै धेरै भन्दा धेरै कुराहरुको बारेमा जानकारी लिन सकिन्छ । सकारात्मक सोच भएका, काम गरिरहेका, केही गर्ने लक्ष्य बोकेका साथीहरुसँग संगत बढाउनुहोस् ।
समाचार हेर्नुहोस् । नयाँ कुराहरुसँग अपडेट रहनुहोस् । बजारमा के चलिरहेको छ, के कुराको सम्भावना रहेको छ, कस्ता समस्याहरु छन् जस्ता कुराहरुबारे जानकारी लिनुहोस् ।
आफ्नो दिमागलाई ताजा र सकारात्मक राख्न सक्नुभयो भने मात्र नयाँ सोच, नयाँ आइडिया आउन सक्छन् । त्यसैले शारीरिक अभ्यास, योग, ध्यान गर्ने, गीत संगीत सुन्ने, मनोरंजनमा सहभागी हुने, परिवारका सदस्यसँग र साथीहरुसँग समय बिताउने, व्यक्तिगत सरसफाई गर्ने, सन्तुलित भोजन खाने गर्नुहोस् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो