
स्वस्थ जिवनशैलीले मानिसको आयु बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पढ्ने बानीले पनि मानिसको आयु बढ्छ भन्दा अचम्म लाग्न सक्छ । तर एउटा अध्ययनले पढ्ने मानिस धेरै वर्ष बाँच्ने पुष्टि गरेको छ ।
सोसियल साइन्स एन्ड मेडिसिन जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले पुस्तक पढ्ने मानिसहरु नपढ्नेभन्दा बढी बाँच्ने पत्ता लगाएको छ । अमेरिकाको एल विश्वविद्यालयका शोधकर्ताहरुले ५० वर्ष कटेका ३ हजार ६ सय ३५ सहभागीहरुलाई उनीहरुको पठन बानीबारे अध्ययन गरेका थिए । अनुसन्धानकर्ताहरुले प्रत्येकलाई १२ वर्षसम्म पछ्याए ।
अध्ययनको अवधिमा पठन गर्ने समूहका मानिसहरु बढी बाँचेको पाइएको थियो । अध्ययनले सामान्यता अस्वस्थ मानिएका व्यक्तिहरुमा समेत पठनबाट २० प्रतिशत मृत्युदर घटेको देखाएको थियो ।
यसले ५० वर्ष नाघेका मानिसहरुको जीवनस्तर सुधार्न ‘पठन’ सबैभन्दा सजिलो तरिका रहेको देखाउँछ । उपयुक्त स्वस्थ व्यवहार र न्यून तनावले स्पष्ट रुपमा उमेर बढाउन सघाउँने अध्ययनले देखाएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु