एजेन्सी – प्रेसर नाप्ता ध्यान दिनुपर्ने कुराहरुः
१. प्रेसर नाप्दा शरिर सिधा भएर बस्नु पर्छ। प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हुँदैन। प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ। प्रेसर नाप्नुअघि बाइक चलाएको हो वा सहवास गरिएको छ भने त्यसले पनि प्रभाव पार्छ।
२. सुरुमा बाथरुम जानुहोस्। पिसाब थैली भरिदा रक्तचापको मात्रा बढ्छ। पिसाब भरिएको अवस्थामा प्रेसर नाप्दा माथिल्लो १५ अंक र तल्लो १० अंकले बढ्ने सम्भावना छ।
३. कहिलेकाहिँ तपाईंले घरमा सामान्य देखिने रक्तचापको तह चिकित्सककहाँ जाँदा उच्च हुन्छ। ह्वाईट कोट हाइपरटेन्सन अर्थात् चिकित्सककहाँ जाँदा तपाई नर्भस भएर त्यस्तो हुने हो। यो दीर्घकालिन रुपमा नै उच्च रक्तचापको लक्षण हो।
४. यदि तपाई औषध्री खाँदै हुनुहुन्छ भने निश्चित औषधी जस्तै डिकन्जेस्टेन्ट, एम्फेटामाईन्स र स्टेरोइड प्रिडनिसोनले रक्तचाप बढाउँछ। तसर्थ परीक्षण गर्नु अगाडि आफूले खाएको औषधीको विवरण चिकित्सकलाई जानाकारी गराउनुपर्छ।
५. ढाड सिधा बनाएर कुर्चिमा बस्नुहोस्। तपाईको दुबै खुट्टा सिधा तल भूइँमा टेक्नुहोस्। पाखुरा टेबुलमाथि राख्नुपर्छ।
६. प्रेसर नाप्दा शान्त भएर बस्नुपर्छ। रक्तचाप नाप्दा बोल्यो भने तल्लो वा माथिल्लो नम्बर १० अंकले बढ्छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु