
नारीकोसिस डटकम/असार ११, बुटवल । महिलाले विवाहको प्रस्ताव अस्वीकार गर्दा उनको छोरीलार्ई अपहरण गरेका छन् । अपहरणमा परेकी बालिकाको प्रहरीले बुटवलबाट उद्धार गरेको छ ।
९ असारको साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की छ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम दासले घरबाटै अपहरण गरेका थिए ।
निर्माण व्यवसायी दासले बालिकाकी आमालाई बिहे गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई अस्वीकार गर्दा दासले उनको छोरीलाई अपहरण गरेको रुपन्देही प्रहरीले जानकारी दिए ।
बालिकालाई बुटवल–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टमा लुकाई राखेको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ । अपहरणकर्ता दास पनि पक्राउ परेका छन् ।
उनी नौ महिनादेखि थापाको घर नजिकै रोहिनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु