
नारीकोसिस डटकम/वैशाख ८, जापान । जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियो, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे।
गत अक्टोबर महिनामा जन्मिएको भएपनि यो बच्चा बल्ल अस्पतालबाट बाहिर निकालिँदै छ र यसको बारेमा खबर सार्वजनिक गरिएको छ ।
खबरका अनुसार टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मेको यस शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो ।
आकस्मिक शल्यक्रिया गरी गर्भको २४ हप्तामै बच्चालाई जन्माइएको थियो । तोशिको नामकी गर्भवती महिलामा उच्च रक्तचापको समस्या देखिएपछि २४ हप्ता ५ दिनका दिन उनको शल्यक्रिया गरी अक्टोबर १ तारेखमा बच्चा बाहिर निकालिएको थियो । त्यसबेला बच्चाको लम्बाई जम्मा २२ सेन्टिमिटर मात्र थियो ।
बच्चालाई जन्मेको पाँच महिनासम्म सघन उपचार केन्द्र आईसीयूमा राखेर उपचार गरिएको थियो । सबैभन्दा सानो तौलको जन्मिएर सकुशल घर पठाइएको यो पहिलो रकेर्ड भएको कियो युनिभर्सिटीका डाक्टरले बताएका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु