
बिल गेट्स विश्वका दोस्रो धनी सफल व्यक्ति हुन् । माइक्रोसफ्ट कम्पनीका मालीक उनी समाज सेवाका काममा पनि उत्तिकै अग्रसर छन् ।
सन् १९७३ मा ग्राजुएट भएका बिल गेट्सले स्याटको १६०० पूर्णाङ्कको परिक्षामा १५९० ल्याएका थिए । त्यसपछि उनी पढ्नको लागि हार्वड विश्वविद्यालयमा भर्ना भए । तर उनले बिचमै आफ्नो पढाइ छोडे ।
धेरैले आफूलाई पढाइमा रुची नभएको पढाइ छोडेको कुरालाई लिएर बिल गेट्ससँग जोडेर ठट्टा गर्ने गर्छन् । तर, वास्तवमा बिल गेट्स किताबको किरा हुन् । उनले सानै उमेरदेखि आफूले भेटेसम्मको किताब सबै पढ्ने गर्थे, त्यसैले परिवारले उनलाई किताबको किरा भन्ने गथ्र्यो । अहिले पनि उनले प्रत्येक दिन पढ्ने गर्छन् । आफ्नो व्यस्त समय तालिकामा उनले किताब पढ्नको लागि भनेर समय नै छुट्टाएका हुन्छन् ।
बिल गेट्स र साथीको दिमागमा कम्प्युटर प्रोग्राममा आइडिया आएपछि उनले आफ्नो कोर्सको पढाईलाई निरन्तरता दिएका थिएनन् । उनी कम्प्युटरमा नै धेरै समय बिताउँथे, उनलाई कम्प्युटर सम्बन्धि नै काम गर्ने रुची बढेको थियो । उनले युनिभर्सिटीमा आफ्नो कोर्स अगाडि बढाएनन् । तर, उनले आफूलाई मन पर्ने विषय, आफ्नो काम सम्बन्धि विषयहरु परिक्षाको लागि नभई ज्ञानको लागि पढ्न थालेका थिए । उनले अरु संकायका, अरु लेभेलका किताबहरु समेत पढ्ने गर्थे । उनले परिक्षा केन्द्रित, सर्टिफिकेटको लागि पढेनन्, तर उनले पढ्न छोडेका भने होइनन् । अहिले पनि उनले हरेक दिन किताब पढ्छन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो