
नारीकोसिस डटकम । मानिसहरूको दाँतमा देखिने विभिन्न समस्यामध्ये दाँत पहेँलो हुनु पनि एक हो । कतिपय अवस्थामा जस्तै बढी मात्रामा चिया, कफी, तमाखु र चुरोट, सुर्तिजन्य पर्दाथको प्रयोग कारण पनि दाँता पहेँलो हुनको कारण बन्न सक्छ । जसले गर्दा मानिसहरू खुलेर बोल्न , हाँस्न रुचाउँदैनन् । यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि घरेलु उपायबाट पनि मुक्त हुन सकिन्छ ।
यस्ता छन् पहेँलो दाँतलाई घरेलु उपायबाट सेतो बनाउने तरिकाः
बेकिङ सोडा
बेकिङ सोडाको प्रयोगले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ ।टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्नाले दाँत सफा हुन्छ ।
कागती
कागती दाँतको पहेँलोपन हटाउनको लागी कागती एकदमै महत्त्वपूर्ण मनिन्छ। कागतीको रसमा नुन मिसाएर दाँत माझ्ननाले दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।
दातालाई सफा गर्ने काम मात्र गर्दैन यसले तामाको भाडाँ सेतो बनाउन प्रयोग गर्न सकिन्छ ।
नरिवलको तेल
नरिवलको तेलको प्रयोगले हामीले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्छौ । टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर दाँत ब्रस गर्नाले दाँत चम्किनको साथै सफा पनि हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु