
नारीकोसिस डटकम । जाडो मौसम सुरु भएसँगै चिसो बढ्न थालेको छ । त्यसैले खानपानमा ध्यान दिनु पर्दछ । विभिन्न खानपानमध्ये स्वस्थ शरिरको लागि प्याज लाभदायिक छ ।
सय ग्राम हरियो प्याजमा ३२ ग्राम क्यालोरी रहेको हुन्छ। जसले आफ्नो तौल घटाउन चाहन्छ उसको लागि हरियो प्याज खानु निक्कै फाइदाजनक छ। यसले मानिसको शरीरमा रहेको कोलेस्ट्रोलको मात्रा पनि कम गर्ने गर्दछ।
जाडोमा प्याज खानुका फाइदा…..यस्तो छः
– हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ।
–चिनियाँहरु प्याजलाई उर्जाको स्रोत मान्छन् । प्याजको रस चिनियाँ उपचार पद्धितिमा प्रयोग हुनेगर्छ । प्याजको नियमित सेवनले शररिमा गर्मी पैदा गर्दछ जसले जाडो मौसममा शरीरलाई उर्जा प्रदान गर्दछ । त्यसैले प्याजको सेवन जाडोमा आवश्यक छ ।
–प्याजकले एन्टी इन्फ्लेमेटरी, एन्टिसेपिटक र एन्टि ब्याक्टेरियल गुणहरु उत्पादन गर्दछ । प्रायः जसो जाडो मौसममा प्याज फलदायी हुने गर्छ । प्याजले सामान्य चिसो, कफ, कान, जोरो र विभिन्न छाला रोगबाट लड्न मद्दत गर्दछ ।
–मानिसहरुले खाना खाइसकेपछि मिठो खान रुचाउँछ । मिठो खाइसकेपछि केहिबेरमा प्याज खाँदा दाँतमा लाग्ने किरा र दुखाईबाट मद्दत गर्दछ । काँचो प्याजको स्वादले मौखिक रोग र गम संक्रमणलाई हटाउन मद्दत गर्दछ ।
–काँचो प्याजले स्तन क्यान्सरको जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुर्याउँछ । एक अनुसन्धान अनुसार काचो प्याजले स्तन क्यान्सरबाट ६७ प्रतिशत जोखिम हटाउँदछ । प्याजमा रहेको गुणहरुले क्यान्सरको कोाषलाई मार्न मद्दत गर्छ ।
–प्याज फाइबर र पूर्व वायोटिकको मूख्य स्रोत हो । यसले पेटलाई स्वास्इथ राख्न मद्दत गर्दछ । चिकित्सक अनुसार पूर्व वायोटिकले शरीरमा क्याल्सियमको उत्पादन गर्दछ । जसले हड्डीको विकासमा मद्दत पुर्याउँदछ । प्याजमा कम मात्रामा क्यालोरी हुनेगर्छ । जसले तौल कम गर्न मद्दत गर्दछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु