
कविता
कुहिरोमा हराएको काग सरी
पानीमा डुबेको तन सरी
थाहा छैन
फेरि किनारामा पुग्न सक्छु कि सक्दिन
फेरि त्यो खुल्ला आकाशमा
उड्न सक्छु कि सक्दिन
थाहा छ, किनारा एतै कतै नजिकै छ
तर पनि पौडिदा पौडिदै थाकि सकेछु
थाहा छ, यहि कतै खुल्ला आकाश छ
तर खै कसरी पुगिन्छ पत्तै भएन
कुनै दिन त अवश्य किनारामा पुगिन्छ भन्ने आश
कसै गरि खुल्ला आकाशमा उडिन्छ भन्ने भरोसा
यति हुदा हुँदै पनि
कतै यहि कुहिरोमा रुमलिन्छु कि भन्ने शङ्का
अनि
त्यो किनारामा पुग्न सक्दिन कि भन्ने त्रास
हेर्दा त नजिकै देख्छु ती गगन चुम्बि शिखरहरु
हातले छुन खोज्छु अनि विलाई दिन्छ मृगतृष्णा सरी।।
सविता बस्नेत २०७४
तीनथाना, चन्द्रागिरि १५, काठमाडौ
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु