
नारीकोसिस डटकम । बलिउड अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताएकी छिन्।
एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन्। उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको मेन्युबारे कुरा गर्छिन्।
जब प्रियंका नयाँ देशमा जान्छिन् तब सबैभन्दा पहिले उनी मन परेको खाना खाने राम्रो रेस्टुरेन्टमा जान्छिन्। यसको प्रभाव धेरै पटक उनको शरीरमा देखा परेको छ।
विशेषगरी दिवाली र क्रिसमसको बेलामा आफ्नो तौल बढ्ने प्रियंकाले बताइन्। यसपछि जनवरी, फेब्रेवरी र मार्चसम्म उनी आफ्नो वजन कम गराउनमा खर्चिन्छिन्।
प्रियंकाले आफू फिट रहनको लागि हप्तामा कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास गर्ने बताइन्। उनले आफू कहिल्यै स्पिकिङ र कार्डियो गर्न नभुल्ने बताइन्।
प्रियंका बिहान ब्रेकफास्टमा अण्डा र टोस्टको साथ अमलेट वा एवोकाडो लिन्छिन्। उनी इण्डियामा रहँदा सबैभन्दा धेरै पराठा खान्छिन्।
प्रियंका आफूलाई घरको खाना धेरै मन पर्ने बताउँछिन्। जब उनी इण्डियामा हुन्छिन् तब लन्चमा घरकै खाना खाने प्रयास गर्छिन्। किनकि अमेरिकामा उनलाई घरको खाना मिल्छ तर त्यो सधैं डब्बामा मात्र आउँछ। जुन ताजा हुँदैन।
प्रियंकाले बताएअनुसार उनलाई साउथ इण्डियन खाना धेरै मनपर्छ। डोसा, फिस करी, दही राइस। यसका साथै उनी पानी पनि धेरै पिउने गर्छिन्।











समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु