आमा सम्बन्धी १० मन छुने प्रेरक भनाईहरु

‘आमा’ शब्द आफैमा प्यारो शब्द छ । आमा त्यसै प्यारी हुन्छिन् । घरबाट आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमाको काखमा निदाउनुको स्वर्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर आफ्नो सन्तानलाई हुर्काएकी हुन्छिन् । त्यही आपार माया दिने आमाको बारेमा केहि मिठा भनाईहरु प्रस्तुत गरिएको छः
१. जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।
२. मर्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।
३. आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।
४. आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन
५. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।
६. म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युजिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।
७. माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।
८. तपाईलाई थाहा छ कि प्रेम अन्धो किन हुन्छ किनकि तपाईको आमाले तपाईलाई देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेकी थिइन् ।
९. हजारौ दियो चाहिन्छ एउटा आरती सजाउनको लागी, हजारौ खरबौ थोपा चाहिन्छ एउटा समुन्द्र बन्नको लागी तर एउटी आमा मात्र काफी छिन् हाम्रो जीवनमा माया भर्नाको लागी ।
१०. हरेक सम्बन्ध बनावटी देखे, स्वार्थ, रिस(राग, बदला र धोकाधडी देखे तर बर्षौ देखि हेरिरहेको छु मेरी आमालाई, नत मायामा बनावटी पाए न त्यस मायामा कुनै कमी पाए ।
तपाईको प्रतिक्रिया