

कागेश्वरी मनोहरा नगरपालिकाले स्वच्छ, सफा, हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नारा सहित एक दिने बृहत्त सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको सु–अवसरमा जनचेतना तथा स्थानीय जनतालाई सकारात्क सन्देश प्रवाह गर्ने उद्देश्ले घर आँगन टोल सफा राखी सभ्य नागरिकको परिचय दिउँ भनी विहान एक घण्टा सरसफाई कार्यक्रम गरेका हुन् । उक्त कार्यक्रकमा नगरपालिका उपमेयर विन्दु सिंखडा, कान्ति भैरव विद्यालय, मिलिल्याण्ड,प्रज्ञासाधन, माउन्ट एभरेष्ट स्कुलका विद्यार्थीहरु, निराकार सरफाई सेवा प्रालि.का प्रतिनिधि, स्वास्थ्य स्वंयम सेविका लगायत स्थानीय जनसहभागीता रहेको थियो । उपमेयर सिंखडाले प्रत्येक नागरिक सचेत भएर घरको फोहोरलाई व्यवस्थित गरेमा स्वाच्छ, सफा सुन्दर हराभरा नगरपालिका बनाउन सकिने बताउनुभयो । सवै जनाले कुहिने र नकुहिने फोरहोरलाई व्यवस्थापन गरी स्वाच्छ, सफा सुन्दर हराभरा नगरपालिका बनाउन सहयोग सवै स्थानिय जनतालाई आग्रह समेत गर्नुभएको छ ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु