प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार

Share

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीले बुधबार बिहानबाट सामान्य कुराकानी गर्न थालेको जानकारी दिए । ‘शल्यक्रियापश्चात हाल सघन उपाचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’ अस्पतालले बुधबार बिहान १०ः३० बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

रातोपाटी बाट साभार ।

तपाईको प्रतिक्रिया