
नारीकोसिस डटकम/पुस २६, काठमाडौ । प्रदेश नम्बर एककी प्रदेश सांसद उषाकला राई आफ्नी आमाको किरिया बसेकी छिन् । उनले नेपाली समाजमा छोराले मात्र बाबुआमाको काजकिरिया गर्नुपर्छ भन्ने पहिलादेखि चलिआएको रुढीवादी परम्परालाई चुनौती दिदै कपाल मुण्डन गरेर उनी बिहीबार किरिया बसेकी हुन् ।
सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
सांसद राईको निर्णयको उनका श्रीमान तामाङले प्रशंसा गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध
गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन छोरी अर्थात महिला बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यहारिक हिसाबले अन्त्य गर्न तपाईहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।”














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु