
नारीकोसिस डटकम/फागुन २७, काठमाण्डौं । इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ।
इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १ सय ५७ जनामध्ये गोरखाकी एकता अधिकारी रहेको पहिचान खुलेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतका अनुसार अधिकारी इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत थिइन्। उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत रहेको बताइएको छ।
अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन्। झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन्।
विमानमा ३५ देशका नागरिकहरु रहेको र मृतकका आफन्तहरुलाई दुर्घटनाबारे जानकारी गराइसकेको इथियोपियन एयरलाइन्सले जनाएको छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु