पुरुषहरुको तुलनामा महिलाहरुलाई क्याल्सियमको बढी आवश्यक, कसरी बढाउने क्याल्सियमको मात्रा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पुरुषहरुको तुलनामा महिलाहरुलाई क्याल्सियमको बढी आवश्यक, कसरी बढाउने क्याल्सियमको मात्रा

Share

हाम्रो स्वास्थ्यको लागि क्याल्सियम अति आवश्यक तत्व हो । उमेर बढ्दै जाने क्रममा यसको कमी हुन थाल्छ । जसले गर्दा यसको लागि हामीले खानपानमा विशेष ध्यान दिनुपर्दछ । कतिपय अवस्थामा सानै उमेरमा पनि यसको कमि हुन सक्छ । एउटा अध्ययनका अनुसार १४ देखि १७ वर्षको उमेरका करिब २० प्रतिशत युवतीहरुमा क्याल्सियमको कमी भएको पाइन्छ । केही समय अगाडि यति धेरै क्याल्सिमको कमी केवल गर्भवती र उमेर पुगेका महिलाहरुमा मात्र हुने गर्थ्यो ।

अहिलेको आधुनिक जीवनशैली कारण सानो उमेरबाट नै महिलाहरुमा क्याल्सियमको कमी हुन थालेको छ । आधुनिक जीवनशैलीमा जंगफुटको खाना बढी खाने भएकोलेशरीरलाई सन्तुलित भोजन प्राप्त हुँदैन । जसले गर्दा स्वास्थ्यमा प्रत्यक्ष असर पर्दछ ।

राम्रो स्वास्थ्य र बलियो शरीरका लागि क्याल्सियम अति नै आवश्यक हुन्छ । यसले हड्डीहरु र दाँतलाई बलियो बनाउँछ । हाम्रो हड्डीको ७० प्रतिशत भाग क्याल्सियम फस्फेटले बन्छ । त्यसैले हड्डी र दाँत स्वास्थ्य रहनका लागि क्याल्सियम आवश्यक पर्छ ।

पुरुषहरुको तुलनामा महिलाहरुलाई क्याल्सियमको बढी आवश्यकता हुन्छ । उनीहरुको शरीरमा एक हजारदेखि १२ सय एमएल क्याल्सियम हुनु आवश्यक छ । नभए यसको कमीका कारण विभिन्न किसिमका समस्याहरु उत्पन्न हुन्छ ।

तन्दुरुस्त मुटु, माशंपेशीको फिटनेस, दाँत, नङ र हड्डीलाई बलियो बनाउनका लागि क्याल्सियमको आवश्यकता पर्छ । यसको कमीले बारम्बार फ्याक्चर हुने र ओस्टियोपोरोसिसको खतरा, सम्पूर्ण शरीर दुख्ने, थकावट, मुटुको धड्कनको गति बढ्ने, महिनावारीमा धेरै पीडा हुने, कपाल झर्ने जस्ता समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो अवस्थामा तपाईं आफ्नो शरीरमा क्याल्सियमको पूर्ति सप्लिमेन्टले भन्दा खानाले गर्नु फाइदाजनक हुन्छ ।

महिलाहरुमा क्याल्सियमको कमीका कारण

मेनापोज हुने उमेरमा अर्थात् ४५ देखि ५० वर्षको महिलाहरुमा प्रायः क्याल्सियमको कमी सबैभन्दा धेरै हुन्छ । किनभने यो उमेरमा फिमेल हारमोन एस्ट्रोजनको स्तर घट्न थाल्छ । एस्ट्रोजनले क्याल्सियम, मेटाबोलिज्ममा महत्वपूर्ण भूमिका निभाउँछ ।

क्याल्सियमा पाउने स्रोत

सोयाविनः सोयाबीनमा पनि पर्याप्त मात्रामा क्याल्सियमा समावेश हुन्छ । १०० ग्राम सोयाबीनमा करिव १ सय ७५ मिलीग्राम क्याल्सियम हुन्छ ।

पालुगोः पालुगो मन नपर्ने महिलाहरु पनि धेरै छन् । तर, उनीहरुलाई पालुंगोमा पर्याप्त मात्रामा क्याल्सिङ्सयम हुन्छ भन्ने कुरा थाहा नहुन सक्छ । १०० ग्राम पालुंगोमा ९० मिलिग्राम क्याल्सियम पाइन्छ । यसको प्रयोग गर्नुभन्दा पहिला यसलाई कम से कम एक मिनेट उमाल्नुपर्छ । जसले गर्दा यसमा समावेश ओक्सेलिक एसिड कन्सन्ट्रेसन घट्छ । जुन क्याल्सियम अबजर्वेसनको लागि आवश्यक हुन्छ । भर्खरै गरिएको एक अध्ययनका अनुसार नरिवलको तेल प्रयोग गरेर बोन डेन्सिटीको कमीलाई रोक्न सकिन्छ, साथै यसले शरीरमा क्याल्सियमको अवशोषणमा पनि सहयोग पुर्‍याउँछ ।

घाम ताप्नुः भोजनले मात्र हैन क्याल्सियम प्राप्त गर्न बिहानको घाम ताप्नु पनि आवश्यक छ । किनभने घाममा समावेश भिटामिन(डी क्याल्सियम अवशोषणको लागि अति नै आवश्यक हुन्छ । भिटामिन(डी रगतमा क्याल्सियमको स्तरलाई नियन्त्रण गर्नका लागि जिम्मेवार हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियम अवशोषित गर्ने क्षमतालाई बढाउँछ र हड्डी भाँचिने खतरा पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया