
नारी कोसिस डटकम । जीवन, सुख र दुखको समिश्रण हो । त्यसैले दुख पायो भन्दैमा आत्तिनु हुदैन र सुख पायो भन्दैमा पनि मात्तिनुहुदै हुदैन। जीवनमा आईपर्ने सुख र दुखलाई समाना गर्दै अगाडि वढे पक्कै पनि सफल र सार्थक जीवन जिउन धेरै कसरत गर्नुपर्दै । दुख के हो भन्ने विषयमा विभिन्न विद्यवानहरुको भनाईहरु प्रस्तुत गरेका छौं जसले तपाई जीवनमा नयाँ उर्जा थपिएको महसुुस गर्नुहुनेछ ।
दुख सम्बन्धी प्रसिद्ध भनाईहरु
१.जो तिम्रो लागि रुदैन, उसको लागि तिमीले आफ्नो आँशु खर्च नगर । –लरेन कनर्याड
२. दुख भनेको दुई बगैचा विचको पर्खाल जस्तै हो । त्यसलाई पार नगरी तिमी एउटा बगैंचाबाट अर्को बगैंचामा जान सक्दैनौ । –खलिल जिब्रान
३. हामीले दुःखलाई छेक्न बनाउने पर्खालहरुले खुशीलाई पनि टाढा बनाईदिन्छन् । -जिम रोन
४. जे गुमायौ, त्यो सम्झेर दुखी नवन । त्यो अरु कुनै रुपमा फेरी तिमीसँगै आउनेछ । -रुमी
५. आँशु भनेको हाम्रो आत्माको लागि सुख्खायामको वर्षात जस्तै हो । -अल्फ्रेड अस्टिन
६. जब भ्रमको अन्त्य हुन्छ हामी त्यतिवेला सवैभन्दा दुखी हुन्छौं । -अर्थर कोस्टलर
७. तिमी आज आत्तालिएर भोलीको दुःखलाई कम गर्न सक्दैनौ । त्यसो गरेर तिमीले आज पाएको खुशीलाई पनि गुमाईरहेको हुन्छौं । -लिओ बस्काग्लिया
८. रुनु भनेको आफ्नो मन र दिमागलाई सफा बनाउनु हो । –डिओं वार्विक
९. यदि दुःख हुदैन थियो भने खुशीको पनि महत्व हुदैनथ्यो । –कार्ल जंग
१०. दुखी आत्माले रोगले भन्दा छिटो मार्न सक्छ । -जोन स्टेनबेक













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो