
नारीकोसिस डटकम/ चैत १२, सिन्धुपाल्चोक । माथिल्लो चाकु जलविद्युत आयोजनामा ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विष्फोटमा दुई जनाको शवको केही भाग आइतबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।
सोमबार बिहान हराइरहेकाहरुको पनि कपाल लगायत शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले मंगलबार दुई जनाको कपाल लगायत शवका केही अंश फेला परेकाले चारै जनाको मृत्यु भएको पुष्टि भएको बताए ।
आइतबार बेलुकी ६ बजेतिर भान्साकोठामा सिलिण्डर पड्किँदा जलविद्युत आयोजनामा कार्यरत मजदुर हुम्ला घर भएका सन्डुप लामा र दोलखा घर भएका भाइकाजी शेर्पाको मृत्यु भएको थियो। त्यस्तै हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै ग्यास बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सीआरसीको मजदुर बस्ने क्याम्पमा सिलिण्डर पड्किएको हो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु