
हामी सबै अवसरको पर्खाइमा हुन्छौं । तर यत्तिकै आउँदैन । त्यसको लागि आफैंले प्रयास गर्नुपर्छ ।
एउटा काममा अत्यन्तै व्यस्त रहनुभयो भने तपाईलाई अवसर कति बेला आयो र गयो पत्तो हुँदैन । तपाईको हरेक दिन तनाव र एकोहोरो रुटिनमा बितिरहेको हुन्छ । त्यसैले आफ्नो लागि समय निकाल्नुहोस् । दिमाग फ्रेस बनाउनुहोस् । रचनात्मक कुराहरु सोच्नुहोस् । भेटघाट, कार्यक्रममा सहभागिता आदिको लागि समय मिलाउनुहोस् ।
सानै भएपनि काम पाउनुभयो भने इमान्दरी पूर्वक काम गर्नुहोस् । जब तपाईले काम गरेर अरुप्रति विश्वास दिलाउन सक्नुहुन्छ, तब त्यही नै तपाईको लागि अवसरहरु सिर्जना हुन थाल्छन् । र, त्यही काममा नै तपाईले आफ्नो करियर देख्नुभएको छ भने सुरुवातमा पैसालाई भन्दा कामलाई बढी महत्व दिनुहोस् । त्यसपछि तपाईले अरु अवसर पाउँदै जानुहुन्छ र आम्दनी पनि बढ्दै जान्छ ।
आफूले काम गर्ने क्षेत्रका मानिसहरुसँग चिनजान गर्नुहोस् । ती मानिसहरुसँगको भेटमा आफ्ना विचार राख्ने गर्नुहोस् । आफ्नो क्षेत्रमा काम गर्दै गरेका आफ्नो उमेरमा व्यक्तिलाई साथी बनाउनुहोस् । यसले गर्दा आफ्नो कामको क्षेत्रमा नयाँ अवसरहरुबारे जानकारी पाउनु सक्नुहुन्छ ।
तपाईलाई कसैले केही अवसर दियो या आफ्नो काममा कुनै पनि सहयोग ग¥र्यो भने उसलाई धन्यवाद दिनुहोस् । उसलाई धन्यवाद पत्रको रुपमा इमेल गर्न सक्नुहुन्छ या भेटेर धन्यवाद स्वरुप कुनै उपहार दिन सक्नुहुन्छ । यसो गर्दा तपाईको सम्बन्ध बनिरहन्छ । तपाईलाई अवसर दिएको व्यक्तिमा पनि तपाईप्रति सकारात्मक धारणा बन्छ । जसले गर्दा तपाईलाई अरु अवसर मिल्ने सम्भावना रहन्छ र तपाईको नेटवर्क पनि विस्तार हुन्छ ।
अपडेट रहनुहोस् । पत्रपत्रिका पढ्नुहोस् । आफूले काम गर्ने क्षेत्रमा आइरहेका नयाँ नयाँ कुराहरु खोज्नुहोस् । त्यस्तै, हरेक दिन पढ्नुहोस् । आफ्नो रुचीका पुस्तकहरु संकलन गर्नुहोस् । र हरेक दिन केही न केही पढ्नुहोस् । सामाजिक संजाल प्रयोग गर्नुहुन्छ भने त्यहाँ फोटो भन्दा बढी आफ्नो काम र विचारहरुको बारेमा पोस्ट गर्नुहोस् । त्यहाँ तपाईको साथी मध्येबाट नै कुनै अवसर आउन सक्छ ।
तपाई सम्पूर्ण कुरा जानेको कहिल्यै पनि बन्न सक्नुहुन्न । समय अनुसार काममा, काम गर्ने तरिकामा , मानिसहरुको विचारमा, बजारको मागमा सबैकुरामा परिवर्तन भइरहेको हुन्छ । त्यो परिवर्तन अनुसार आफूलाई हिडाउँनुपर्छ । हरेक दिन केही कुरा सिक्नुपर्छ ।
अरुको नककल नगर्नुहोस् । अरुको नक्कल गर्दा सुरुमा त तपाई राम्रो देखिन पनि सक्नुहुन्छ, तर त्यसले तपाईप्रति मानिसहरुको नकारात्मक धारणा बन्नसक्छ । त्यसैले सिर्जनात्मक बन्नुहोस् । आफूले गरिरहेको काममा तपाईको आफ्नो क्षमता, सोचलाई पनि देखाउनुहोस् । यसले गर्दा तपाईको छुट्टै परिचय बन्छ र नयाँ अवसरहरु आउँछन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो