
नारी पुरुष बराबरी सबैले मान्नुपर्छ
आफूभित्र भाको शक्ति तिमीले जान्नुपर्छ
सुस्ताउने हैन अब जाग अघि बढ
अन्याय र अत्यचारको विपक्षमा लड ।
सिर्जनाको बिउ रोपी सृष्टि रच्ने नारी
मनभित्रको कालो, मैलो चकना चूर पारी
सफा, स्वच्छ मस्तिष्कमा ज्ञान भर्दै जाउ
त्यहि ज्ञानको ज्योतिलाई पनि छर्दै जाउ ।
तिमी दिप बने मात्र बल्छ सारा जगत
तिम्रै सारमा अडेको छ ब्रम्हाण्ड नै फगत
कालो, दुर्गा, देवी तिमी अन्यायलाई नास्ने
मायाँको यो तिम्रो सृष्टि को छ यहाँ मास्ने ?
आँधी हुरी रोक्छौ तिमी, हिमाल पनि बोक्छौ
समुन्द्रको गहिराईमा मोती टिप्न सक्छौं
आफ्नो ताकत पहिचान गर आजका हे नारी
तिमी जागे संसार जाग्छ, सबलाई पर्छ भारी ।
चुलो चौको मात्र हैन तिमीले बस्ने ठाउँ
परिश्रम र पौरखले बन्छ तिम्रो नाउँ ।
सारा विश्व तिम्रो नै हो गर्न सके जति
तिमी भित्र अपार शक्ति, गर्छौं कति कति ।
महालक्ष्मी आचार्य
सामाजिक मनोपरामर्शदाता













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु