
नारीकोसिस डटकम । कुनै पनि सम्बन्धमा कहिलेकाँही रिस, झगडा हुन सामन्य हो । तर कहिलेकाँही त्यसलाई ख्याल नगर्दा ठूलो समस्या पैदा हुन सक्छ । त्यसैले रिसाउदा फकाएर वा के गरी हुन्छ रिसलाई कुल बनाउनुपर्दछ ।
कुनै पनि प्रेमी वा प्रेमिका रिसाउदा निम्न कुराहरुमा ध्यान दिनुभयो भने सम्बन्ध सधै सुमधुर राख्न मद्दतग गर्नेछ :
१. जे कुरामा तपाईहरुबीच झगडा भएको थियो त्यही कुरालाई एउटा कोठामा बसेर छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस् । दुवैलाई आफ्ना पक्ष राख्ने पुरा अधिकार रहेकोले अन्त्यमा आफैँ पत्ता लाग्नेछ गल्ती कसको हो भन्ने । यदि तपाईलाई गल्ती आफ्नो हो जस्तो लागेमा तुरुन्तै माफी माग्नुहोस् किनकी साँचो बोल्दा सधैँ फाइदा हुन्छ ।
२.आफ्नी प्रमिकासँग छलफल गर्ने क्रममा त्यसलाई लडाइँको रुपमा नबदल्नुहोला यसले तपाईहरुबीच झन् नराम्रो गराउँछ । कुनै पनि विषयलाई शान्तिसँग आरामले छलफल गर्नुहोस् र यसलाई बहसको रुपमा नलिनुहोस् । माफी मागेर मात्र सबै समस्या हल हुँदैनन् । तपाईकी प्रेमिकालाई विश्वास हुनुपर्छ कि तपाई वास्तवमै पछुतो मानिरहनु भएको छ ।
३. आफ्नी प्रेमिकालाई खुसी राखिराख्न उनलाई दैनिक जस्तो भनिरहनुहोस् की उनी तपाईका लागि कति खास छिन् । उनलाई सधैँ यो महशुस गराउनुहोस् कि तपाई यो सम्बन्धले धेरै खुसी हुनुहुन्छ र यसलाई जिन्दगीभर इमान्दारीताकासाथ निभाउनु हुनेछ । यसो गर्नाले तपाईहरुको सम्बन्धमा भिन्नै मिठास आउँछ ।
४. कुरैकुरामा आफ्नी प्रेमिकालाई हँसाइराख्ने प्रयत्न गर्नुहोस् । यसो गर्नाले तपाईकी रिसाएकी प्रेमिकालाई फकाउन धेरै सजिलो हुन्छ । अरु बेलामा पनि उनलाई हँसाइराख्न सक्नुभयो भने उनी कहिल्यै बोर हुनुहुन्न र तपाईसँग धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो