
नारीकोसिस डटकम । “प्रेम” एक भावनात्मक कसैप्रतिकिो लगाव हो । प्रेमपूर्ण शव्दले मानिसलाई आफ्नोपनको आभाष गराउछ । प्रेम मष्तिकले होइन, मनले आफै गर्छ । यदि हामी मष्तिकले प्रेम गर्छौ भने त्यो केवल बनावटी र देखावटी मात्र हुनेछ । तसर्थ प्रेम कसैले लाएर अथवा धमकाएर गरिने होइन । मनको प्रेम आफैमा स्वाधिन हुन्छ ।
प्रेमबारे केही जानकारी यस्तो छः
पागलपन प्रेम
पागलपन प्रेममा परेकाहरु आफ्नो जोडी बाहेक अरु कसैको मतलब गर्दैनन् । उनीहरु प्रेममा यदि डुबेका हुन्छन् कि जस्तो सुकै जोखिम उठाउनुलाई नै प्रेम भएको मान्दछन् ।
एकतर्फी प्रेम
एकतर्फी प्रेम भनेको मनको कुरा मन पराइएको मानिसलाई भन्न नसक्ने अवस्थामा भएकालाई बुझिन्छ। यस प्रकारको प्रेममा मात्र पीडा हुन्छ । मनको कुरा अभिव्यक्त गर्न नसक्नु यस प्रकारको प्रेमको सबैभन्दा ठुलो कमजोरी हुनाले अधिकांश यस्तो प्रेम वियोगमा टुगिंने गर्दछ ।
आर्कषण प्रेम
आर्कषण प्रेम भनेको कोही मानिस देख्नासाथ मन पर्ने र उनीहरुसँग एकै भेट वा हेराइमा नै हुने प्रेम हो । यस्तो प्रकारको प्रेम किशोर अवस्थाबाट युवा अवस्थामा बढी हुने भएकोले यो प्रेम धेरै लामो समय टिक्दैन ।
लामो प्रेम
प्रेममा परेको लामो समयसम्म जुन सुकै परिस्थितिमा प्रेम टिकाइ राख्नेको प्रेम नै लामो प्रेम हो । प्रेममा परेको समयमा आएका अनेकौं अप्ठेरा, दुःख, कष्ट तथा व्यवधान सहेर केही जोडी आफ्नो प्रेम सफल पार्न लागि पर्ने गर्छन् ।
आत्मीय प्रेम
आत्मीय प्रेममा भावनाको मोल बढी हुने भएकोले यो प्रेम आफन्त तथा साथीभाइसँग हुने गर्दछ । यो प्रेममा शारीरिक आकर्षणले कुनै फरक पार्दैन ।
बन्धन प्रेम
प्रेममा पर्न हतार हुने तर एकअर्काबीच नजिकिएपछि पश्चाताप वा दुखी हुने प्रेम ‘बन्धन प्रेम’ हो । बाध्यताका कारणले नजिकिएका र नचाहँदा नचाहादै पनि प्रेममा परेकामा यो समस्या बढि मात्रामा देखिन्छ ।
मतलबी प्रेम
मतलबी प्रेम त्यस्तो प्रेम हो, जहाँ निकै खतरा हुन्छ । यस प्रकारको प्रेममा आफ्नो स्वार्थसंग मात्र मतलब राखिन्छ ।
रोमाञ्चित प्रेम
रोमाञ्चित प्रेममा सबै प्रेमका प्रकार भन्दा खतरनाक मानिन्छ । यस प्रकारको प्रेम भावनाको कारणले भन्दा पनि शारीरीक आर्कषण र आवश्यकताका कारण हुने गर्दछ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो