आफ्नो मान्छे रिसाएको बेला कसरी फकाउने ? अपनाउनुहोस् यी उपायहरु……

नारीकोसिस डटकम । कुनै पनि सम्बन्धमा कहिलेकाँही रिस, झगडा हुन सामन्य हो । तर कहिलेकाँही त्यसलाई ख्याल नगर्दा ठूलो समस्या पैदा हुन सक्छ । त्यसैले रिसाउदा फकाएर वा के गरी हुन्छ रिसलाई कुल बनाउनुपर्दछ ।
कुनै पनि प्रेमी वा प्रेमिका रिसाउदा निम्न कुराहरुमा ध्यान दिनुभयो भने सम्बन्ध सधै सुमधुर राख्न मद्दतग गर्नेछ :
१. जे कुरामा तपाईहरुबीच झगडा भएको थियो त्यही कुरालाई एउटा कोठामा बसेर छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस् । दुवैलाई आफ्ना पक्ष राख्ने पुरा अधिकार रहेकोले अन्त्यमा आफैँ पत्ता लाग्नेछ गल्ती कसको हो भन्ने । यदि तपाईलाई गल्ती आफ्नो हो जस्तो लागेमा तुरुन्तै माफी माग्नुहोस् किनकी साँचो बोल्दा सधैँ फाइदा हुन्छ ।
२.आफ्नी प्रमिकासँग छलफल गर्ने क्रममा त्यसलाई लडाइँको रुपमा नबदल्नुहोला यसले तपाईहरुबीच झन् नराम्रो गराउँछ । कुनै पनि विषयलाई शान्तिसँग आरामले छलफल गर्नुहोस् र यसलाई बहसको रुपमा नलिनुहोस् । माफी मागेर मात्र सबै समस्या हल हुँदैनन् । तपाईकी प्रेमिकालाई विश्वास हुनुपर्छ कि तपाई वास्तवमै पछुतो मानिरहनु भएको छ ।
३. आफ्नी प्रेमिकालाई खुसी राखिराख्न उनलाई दैनिक जस्तो भनिरहनुहोस् की उनी तपाईका लागि कति खास छिन् । उनलाई सधैँ यो महशुस गराउनुहोस् कि तपाई यो सम्बन्धले धेरै खुसी हुनुहुन्छ र यसलाई जिन्दगीभर इमान्दारीताकासाथ निभाउनु हुनेछ । यसो गर्नाले तपाईहरुको सम्बन्धमा भिन्नै मिठास आउँछ ।
४. कुरैकुरामा आफ्नी प्रेमिकालाई हँसाइराख्ने प्रयत्न गर्नुहोस् । यसो गर्नाले तपाईकी रिसाएकी प्रेमिकालाई फकाउन धेरै सजिलो हुन्छ । अरु बेलामा पनि उनलाई हँसाइराख्न सक्नुभयो भने उनी कहिल्यै बोर हुनुहुन्न र तपाईसँग धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ ।
तपाईको प्रतिक्रिया