
बालबालिकाहरुको पहिलो विधालय भनेको घर हो । घरमा राम्रो सिकाउन सके मात्र विधालयमा पनि राम्रो हुन सक्छन र सबैको प्यारो बन्नसक्छन ।बिहान सबेरै उठ्ने, शौचालय जाने हातमुख धुने , मन्दिर अगाडि जाने प्रार्थना गर्ने, भगवानलाइृ ढोग्ने, बाबुआमा सँग अंकमाल गर्ने ,तातोपानी पिउने इत्यादि ।
बिहान सबेरै उठ्न लगाउने
प्राय हामीहरु विहान छिटटै उठने कमै छौ । सूर्य उदय हुनुभन्दा अगाडी उठेर चिसो हावामा हिड्दा शरीरमा छुटै प्रकारको आन्नद प्राप्त हुन्छ । दिनभर सक्रिय र खुसी बनाउँछ । समयमै सुत्ने र बिहान उठेर व्यायाम गर्दा तपार्इंको जीवन नै उत्पादनशील हुन्छ । साइक्याट्रिया एन्ड क्लिनिकल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ । तसर्थ हामी आफु पनि लागू गरँै र हाम्रा बालबालिकालाइ सिकाउन नभुलौ ।
हात मुख धुने
विहान उठेर दात माज्न हात मुख धुन नियमित गराउ । त्यसैगरी विधालय वा अन्य कुनै ठाँउबाट आउनसाथ हात खुटटा धुन उतिनै आवश्यक छ । वातावरणमा तपाईंको हातखुट्टामा आँखाले देख्न नसक्ने हजारौँ ब्याक्टेरिया टाँसिएर आएका हुन्छन् । हात नधुँदा यी ब्याक्टेरिया शरीरको अन्य भागमा पनि पुग्ने र विभिन्न रोग लाग्न सक्छ । तपाईंको अनुहार, हात र खुट्टामा भएको ब्याक्टेरियाले पेटको संक्रमण तथा श्वास प्रश्वासको समस्या ल्याउछ र यसले छालासम्बन्धी रोग निम्त्याउन सक्छ ।
भगवानलाई ढोग्ने र प्रार्थना गर्ने
प्रार्थना गर्ने र भगवानलाई प्रणाम गर्ने । प्रणाम गर्दा शिर झुकाए गर्नु पर्दछ किनकी शिरलाई झुकाउदा मस्तिष्कलाई फाईदा पुग्दछ भने प्रार्थना गर्दा एकाग्रता प्राप्त हुन्छ । त्यसैगरी संस्कारको विकास पनि हुन्छ ।
मनतातो पानी पिउने
बिहानको पहिलो समयमा केहि खानु अघि बालबालिकालाइ मनतातो पानी पिउन सिकाउनु पर्दछ । किनकी स्वास्थ नै हाम्रो धन हो । विहानको मनतातो पानीले शरीरलाई धेरै प्रकारको फाईदा पुर्याउछ र उनिहरुलाई स्वास्थप्रति सजग हुन सिकाउछ ।
अकमाल गर्ने
विहानको समयमा उठिसके पछि आफना बालबालिका सँग अकमाल, ममताको स्पर्श सहित चुम्बन गरौ । उहिरुलाइृ विहानमा खुसिले भरौ । जसले भरदिन उनिहरु फुर्तिला रहन्छन । उनिहरुले पनि माया प्रेम र सदभााव बाडन सिकदछन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु